Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसियन थाई फुड्स अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागी

एसियन थाई फुड्स अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागी


काठमाडौं । एसियन थाई फूड्स प्रालि नाइजेरियाको लागोसमा आयोजित ‘फुड एन्ड बेभरेजेज वेस्ट अफ्रिका २०२४’ अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागी भएको छ । जुन ११ देखि शुरु भएको सो मेलामा जुन १३ सम्म चल्ने जनाइएको छ ।

कम्पनीका प्रबन्धक निर्देशक महेश जाजुले विश्वभरिको बजारमा भारतीय उपमहाद्वीपमा तयार पारिएको खाद्य उत्पादन र मसालाप्रति अलगै आकर्षण रहेको बताए । त्यसमध्ये नेपाली खाद्य उत्पादनप्रति पनि अलगै रुचि र आकर्षणको सम्भावना रहेको उनले बताए । अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीहरूमा सहभागिता दिनु बजार विस्तारको रणनीति रहेको उनी बताउँछन् । यी प्रदर्शनीहरूमा यस कम्पनीको उपस्थिति पूर्णरूपले आफ्नै खर्चमा भएको हो । कम्पनीले रमपम र प्रीतिलगायतका ब्रान्डहरू उत्पादन गर्ने गरेको छ । कम्पनीले अमेरिका, अस्ट्रेलिया, युरोप, गल्फ राष्ट्रहरूका प्रशोधित खाद्य पदार्थ निर्यात गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x