Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ टीभी खरिद गर्दा विशेष अफर

सामसङ टीभी खरिद गर्दा विशेष अफर


काठमाडौं । सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूको लागि सामसङले नयाँ टीभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ ।

साथै, यस अफरमा चयन गरिएका ठूलो टीभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी अन्य टीभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध छ । यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिने जनाइएको छ । १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सकिनेछ । यस विशेष सेवाको लाभ लिन ग्राहकहरूलाई मात्र आफ्नो नागरिकता पेस गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ ।

यस्तै, कम्पनीले पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई अर्कोस्टोर डटकममार्फत नयाँ सामसङ टीभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराएको छ । निःशुल्क इन्सल्टेसन सेवा र खरिद गरिएको टीभीमा तीन वर्षको पूर्ण वारेन्टीजस्ता सुविधाहरूले ग्राहकहरूलाई झन्झटरहित उत्कृष्ट टीभी किन्ने अवसर प्रदान गरेको कम्पनीको दाबी छ । यो योजना असार ३१ सम्म लागु रहने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x