Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको जीएसएम मोबाइल तथा एफटीटीएचमा आकर्षक प्याकेज

टेलिकमको जीएसएम मोबाइल तथा एफटीटीएचमा आकर्षक प्याकेज


काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराएको छ ।

कम्पनीले शनिबारदेखि अफरहरू लागू गरेको हो । अफरअनुसार अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनाअन्तर्गत पाँच सय ९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा एक सय मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवासहितको सजिलो पाँच सय ९९ भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी सजिलो छ सय ३६ प्याकअन्तर्गत छ सय ३६ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, एक सय ५० मिनेट अफ–नेट भ्वाइस तथा एक सय अन–नेट एसएमएसका साथै नौ जीबी डाटा सेवा उपलब्ध हुनेछ ।

यसका साथै सजिलो सात सय ९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र एक सय ५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो नौ सय ९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र दुई सय अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ । कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरू समेत कायम राखिएको छ ।

यसैगरी इन्डिया भ्वाइस कल प्याकेजअन्तर्गत ८० रुपैयाँमा एक दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने दुई सय ७० रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ । त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरूमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरू, भ्वाइस सेवा मात्र प्रयोग गर्ने ग्राहकहरूका लागि बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी प्याकेजहरू र एक्सजीपोन प्याकेजहरूमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरू समेत सुलभ दरमा उपलब्ध हुनेछन् ।

ग्राहकले आफ्नो मोबाइलबाट स्टार१४१५ह्याक्स डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरू लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x