Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओमोडाको नयाँ अभियान

ओमोडाको नयाँ अभियान


काठमाडौं । विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले ‘आईसीसी पुरुष टी ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा ‘नेपालको स्कोर, ओमोडाको ग्रो’ नारामा एक वातावरणीय योजना ल्याएको छ । दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्राअन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्ने जनाएको छ । यस अभियानअन्तर्गत कम्पनीले हरेक रनमा एक रूख रोप्ने संकल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा पाँच रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन् ।

एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताअनुसार यो अभियान सञ्चालन गरिएको बताए । यो पहल कम्पनीको आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको उनको भनाइ थियो । यस अभियानले सस्टेनेबल मोबिलिटी (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x