Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगद सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता

द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता


काठमाडौं । दसेन्चुरियन होटल, विराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पुँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

विराटनगर धरान रोडस्थित सहरको केन्द्रविन्दुमा द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भएको छ । भवनमा व्यावसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धको लागि बैंकेट हल समेत उपलब्ध हुनेछ । सोही भवनको चार तल्लादेखिमाथि पाँच तारेस्तरको एक सय ४६ कोठाको ¥याडिसन विराटनगर होटल सञ्चालन हुनेछ । होटल सञ्चालनको लागि अन्तर्राष्ट्रिय ब्रान्ड ¥याडिसन होटल ग्रुपसँग जुलाइ २०२२ मा सम्झौता भएको थियो ।

होटललाई पाँचतारे तथा अन्तर्राष्ट्रियस्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पुँजी आवश्यक रहेकाले नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको सेन्चुरीयन होटलका अध्यक्ष मोतिलाल दुगडले बताए । उनका अनुसार कम्पनीको पुँजी वृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको हो । साथै, कम्पनीको पुँजी वृद्धि गर्न र सर्वसाधारणलाई सेयर निष्काशनका प्रावधानसहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रक्रिया पनि अगाडि बढाइएको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x