Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको सिम अब आफ्नै च्वाइसको नम्बरमा लिन सकिने

एनसेलको सिम अब आफ्नै च्वाइसको नम्बरमा लिन सकिने


काठमाडौं । एनसेलको सिम अब आफ्नै च्वाइसको नम्बर अनुसार लिन सकिने भएको छ । एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना संचालनमा ल्याएको हो ।

अब, आफुलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सकिने कम्पनीले जनाएको छ । ‘चाहे त्यो तपाईंको जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन होस्, तपाईंको सवारी साधनको नम्बर होस् वा अन्य कुनै महत्वपूर्ण मिति वा नम्बर अब तपाईंले त्यसलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरि सधैं अन रहन सक्नुहुन्छ’ कम्पनीद्धारा जारी विज्ञेप्तीमा भनिएको छक्  साथै आफ्नो सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सकिनेछ ।

कम्पनीका अनुसार यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु हुन्छ । विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन्क्  ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सकिने जनाईएको छक्  हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरि नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा पनि यस योजनामा रहेको छ ।

यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन्क्  एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्नेछक्  यो सिम एनसेलले हाल संचालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ । सधैं अन योजनाका प्लानहरु अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन्क्  ८१२३३ डायल गरेर ‘सधैं अन’ प्लानहरू सुचारु गर्न सकिन्छ ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन् ।  काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छक्  बुकिङ् गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सुचिबाट स्वत हट्नेछ र सो नम्बर अरु ग्राहकले पनि लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x