ज्योति विकास बैंकद्वारा वासिङ मेसिन प्रदान
काठमाडौं, मंसिर २९
ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा हन्ड्रेड युज गुपको संयुक्त तत्त्वावधानमा स्थापना भएको कपडा बैंकलाई बिहीबार एक थान वासिङ मेसिन प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त वासिङ मेसिन हस्तान्तरण गरेको जानकारी दिएको छ ।
कार्यक्रममा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा मुख्य शाखाका प्रबन्धक रोशन थापा तथा नवजीवन परोपकार समाजका सचिव दिपकराज जोशी तथा ग्रुपका कार्यक्रम संयोजक बब्लु गुप्ताको उपस्थिति रहेको थियो । नवजीवन परोपकार समाज तथा ग्रुपले संयुक्त सहकार्यमा काठमाण्डौ तथा ललितपुरको विभिन्न स्थानहरुमा कपडा बैंक स्थापना गरी जम्मा भएका पुनः प्रयोग गर्न मिल्ने कपडाहरुलाई सफा तथा मर्मत गरी गरिब जनताहरुको बीचमा पुर्याउने अभियान थालनी गरेको हो । सो कार्यलाई आवश्यक वासिङ मेसिन बैंकद्वारा प्रदान गरिएको हो ।
समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । नवजीवन परोपकार समाज तथा ग्रुपले थालनी गरेको कपडा बैंक कार्यक्रमले पुर्याएको उल्लेखनीय योगदानको सहयोगार्थ बैंकले सो सहयोग प्रदान गरेको छ । हाल बैंकले एक सय दुई वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक वर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले दुई लाख ४० हजारभन्दा बढी खाताबाट ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २६ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया