Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात

‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात


काठमाडौं । ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षणतर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित घोषणा गरिएको एक युवा, एक बिरुवा अर्थात् ‘वान युथ, वान प्लान्ट’ अभियानको औपचारिक सुरुवात भएको छ ।

नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको विदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो । गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा सात हजार सात सय रुख वृक्षारोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले विदुर नगरपालिकामा बिरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् । युवाहरूले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको र युवाहरूसँग ऊर्जा र बल भएको भन्दै उपसभामुख मगरले बिरुवाहरू रोपेर वातावरणमा योगदान दिनुका साथै भाबी पुस्ताका लागि उदाहरण पनि बनेको बताइन् ।

अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका सात हजार सात सय युवाले हरियाली वातावरण प्रवद्र्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल सात हजार सात सय बिरुवा रोप्नेछन् । यस अभियानका लागि एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को एटिन फर एटिन कार्यक्रमअन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले बताइन् ।

कार्यक्रममा नेपाल युवा परिषदका केन्द्रीय कार्यसमिति सदस्य एवं बाग्मती प्रदेशका संयोजक नवीन गिरीले एक युवा एक बिरुवा अभियानको सफलता नेपालभरका युवाहरूको सामूहिक प्रयासमा मात्र सम्भव हुने बताए । कार्यक्रमका सभापति एवं विदुर नगरपालिका वडा नं १० का वडाध्यक्ष गणेश कुमार नेपालले महत्वपूर्ण अभियानको शुभारम्भ आफ्नो वडाबाट भएकोमा खुसी व्यक्त गरे । ऐतिहासिक शुभघाटमा युवाले रोपेका ७७ बिरुवाको संरक्षणको जिम्मा समेत वडा नं १० ले लिएको छ भने भविष्यमा सो स्थानमा पार्क निर्माण गरिने योजना समेत रहेको आयोजक संस्थाहरूले जनाएका छन् । कार्यक्रममा नेपाल युवा परिषद्, एनसेल, एफएओ नेपाल, रैथाने नेपाल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू र स्थानीय जनप्रतिनिधि उपस्थित रहेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x