ओमनमा व्यापार, लगानी तथा रोजगार प्रवर्द्धन कार्यक्रम
काठमाडौं । नेपाली राजदूतावास, ओमनले मस्कटमा व्यापार, लगानी तथा रोजगारी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । दूतावासले नेपाल र ओमानबीचको व्यापार एवं लगानीका अवसरहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार सो कार्यक्रम गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
साथै, कार्यक्रममा नेपाली कामदार ल्याउन इच्छुक ओमानस्थित संस्थाहरूका लागि सुरुवात गरिएको संस्थागत मागपत्र प्रमाणीकरणको इ–पोर्टलबारे जानकारी पनि दिइएको थियो । कार्यक्रममा व्यावसायिक संस्थाहरू सुपरमार्केट, निर्माण कम्पनी, सेवा प्रदायक संस्था, अस्पताल आदिका कन्ट्री म्यानेजर, मानव संशाधन प्रबन्धकलगायत उद्योग व्यवसायीहरू सहभागिता थिए । कार्यक्रममा राजदूत डोरनाथ अर्यालले नेपाल सरकारले नेपाली व्यापारको विविधीकरण र नेपालमा वैदेशिक लगानीका प्रशस्त अवसरहरूको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपालमा आफ्नो कारोबारलाई विस्तार गर्न ओमानस्थित व्यवसायीहरूलाई आग्रह गरेका थिए ।
यस्तै, कार्यक्रममा राजदूत अर्यालले ओमानमा संस्थागत माग प्रमाणीकरणका लागि इ–पोर्टलको शुभारम्भ गरेका थिए । साथै, यसबाट सम्पूर्ण प्रक्रिया पारदर्शी र सहज हुने आफू विश्वस्त भएको उनले बताए ।
उनले नेपाली कामदार भर्नासम्बन्धी अन्य प्रक्रियालाई पनि क्रमशः अनलाइन प्रक्रियामा लैजाने र त्यस्ता पहलले प्रमाणीकरणको कार्यमा सहजता, शीघ्रता र पारदर्शिता ल्याउने विश्वास व्यक्त गरेका थिए । कन्सुलर सेवा विभागका सूचना–प्रविधि अधिकृत नवीन झाले इ–पोर्टलबाट गर्नुपर्ने कम्पनी दर्ता र मागपत्र प्रमाणीकरणबारे भर्चुअल प्रस्तुतीकरणबाट व्याख्या गरेका थिए ।
उनले रोजगारदाता कम्पनीले इ–पोर्टलमा सर्वप्रथम आफ्नो कम्पनी दर्ता गर्नुपर्ने र राजदूतावासले दर्ता स्वीकृति प्रदान गरेपछि मात्रै नेपाली कामदार भर्नाका लागि मागपत्र प्रमाणीकरण प्रक्रिया अगाडि बढाउन सकिने जानकारी दिएका थिए ।
ओमानका रोजगारदाताहरूको इ–पोर्टलमा कम्पनी दर्ता यही असार १९ देखि सुरु भएको छ । यस्तै, आगामी साउन १ गतेबाट सबै संस्थागत मागपत्रहरू इ–पोर्टलमार्फत मात्र प्रमाणीकरण गरिने जनाइएको छ । कार्यक्रमका सहभागीहरूलाई अनलाइन मागपत्र प्रमाणीकरणसम्बन्धी विश्लेषणात्मक म्यानुअल र नेपालको व्यापार तथा लगानी अवसरसम्बन्धी कागजात उपलब्ध गराइएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया