Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेफ्टी ट्यांकी सफा गर्ने हातेपम्प निर्माण

सेफ्टी ट्यांकी सफा गर्ने हातेपम्प निर्माण


काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक इन्जिनियरहरुको एउटा टोलीले सेफ्टी ट्यांकी सफा गर्ने हातेपम्प तयार गरेका छन् । विद्युत् नपुगेको ग्रामीण क्षेत्रलाई लक्षित गरी तयार पारिएको हाते सेफ्टी ट्यांकी पम्पको परीक्षण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीले छनौट गरेअनुसार गुलरिया नगरपालिकामा यसको गरिएको थियो । त्यस क्रममा नगरपालिकामा एउटा कार्यशाला आयोजना गरिएको थियो, जहाँ इम्पेरियल कलेजबाट ल्याइएको गुल्परको परीक्षण गरिएको थियो । कार्यक्रममा नगरपालिकाका ४० भन्दा बढी सहभागी र सरसफाइकर्मीसहित क्षेत्रका व्यवसायीहरुको सहभागिता थियो । गुलरियामा सरसफाइ अभ्यासमा सुधार गर्न गुल्पर प्रविधिको सम्भावना देखेर उपस्थितहरू प्रभावित हुनुका साथै सरसफाइ क्षेत्रमा व्यावसायिक अवसरहरू सिर्जना गर्ने क्षमताको प्रशंसा गरेको जनाइएको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका विज्ञान तथा मानविकी विभागकी प्रोफेसर सावित्री त्रिपाठीको अगुवाइमा मेकानिकल इन्जिनियर डा. अरुण सत्याल, प्रकाश बस्याल र अनिल सापकोटाले गुल्पर प्रोजेक्टअन्तर्गत सेफ्टी ट्यांकी सफा गर्न हातेपम्पको विकास गरेका हुन् ।

फलाम, डोरी तथा पुरानो गाडीको टायरबाट निर्माण गरिएको सेफ्टी ट्यांकी हातेपम्प खासगरी ग्रामीण क्षेत्र तथा न्यून आय भएका समुदायले सजिलै प्रयोग गर्न सकून् भनेर तयार पारिएको बताइएको छ । यसमा पुराना सामग्रीहरु फलाम, गाडीको टायर र डोरीहरु प्रयोग गरिएको छ । विकसित देशहरुमा यस्तो सामग्रीहरुको आवश्यता नपर्ने भएकोले नेपाल जस्तो ग्रामीण क्षेत्रहरुका लागि यो नवीनतम साधन भएको उनीहरुले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x