Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयूएसएड यात्रा कोहलपुरमा

यूएसएड यात्रा कोहलपुरमा


काठमाडौं । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले सुरु गरेको यात्रा सोमबार बाँकेको कोहलपुरमा सकिएको छ ।

कोहलपुर चौराहमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिकलगायत विभिन्न प्रस्तुति गरिएका थिए । लुम्बिनी प्रदेशमा यूसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु भएको यात्रा बुटवल, दाङको लमही हुँदै कोहलपुर पुगेको हो । मंगलबार नेपालगन्जमा यस्तै कार्यक्रम हुँदै छ । यूएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीयस्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

यूएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पुर्याएको थियो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए । सन् २००० देखि युएसएडले नेपालको विकासका लागि साढे एक अर्ब अमेरिकी डलर बढीको सहयोग प्रदान गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x