Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसात दिनदेखि अवरूद्ध भएको हवाई उडान पुन: सञ्चालन

सात दिनदेखि अवरूद्ध भएको हवाई उडान पुन: सञ्चालन


मुगु । मुगुस्थित रारा विमानस्थलमा अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध भएको हवाई उडान मंगलबारदेखि पुनः सञ्चालन भएको छ । मौसममा केही सुधार भएपछि मंगलबार समिट र तारा एअरले उडान गरेको रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालले बताए । हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य थिए ।

विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध हुँदै आएको थियो । “गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो”, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x