Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनथिङ मोबाइल ब्रान्डको फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक

नथिङ मोबाइल ब्रान्डको फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक


काठमाडौं । नथिङ मोबाइल ब्रान्डले फोन, स्मार्ट वाच र एयर बड्स नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सो ब्रान्डका उत्पादन सार्वजनिक गरिएको हो ।

कम्पनीले सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २, सीएमएफ वाच प्रो २, सीएमएफ बड्स, नथिङ फोन र नथिङ फोन (२ए) नथिङ इयर र नथिङ इयर (ए) सार्वजनिक गरिएको छ । कालो, सुन्तला, हल्का हरियो र निलो रङ्गमा उपलब्ध सीएमएफ फोन १ को प्रत्येक संस्करणले परिष्कृत अनुभवका लागि टेक्स्चर केस र अधिक स्पर्श प्रदान गर्ने कम्पनीले जनाएको छ । नथिङले ल्याएको फोन २एमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट रहेको छ ।

साथै नथिङको इअर र इअर (ए) ( इअर बड्स) पनि नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कार्ल पेइद्वारा स्थापित अग्रगामी ब्रिटिस–आधारित उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उपब्रान्ड सीएमएफ मार्फत विश्वव्यापीरूपमा आफ्नो उत्पादन विस्तार गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x