Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ इनोभेसन क्याम्पसका विद्यार्थीहरूलाई फ्युचर–टेक कोर्षहरूमा तालिम

सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीहरूलाई फ्युचर–टेक कोर्षहरूमा तालिम


काठमाडौं । सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एन्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् ।

५३ जना विद्यार्थीहरूलाई कोर्ष उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको थियो । कार्यक्रममा सामसङ नेपाल कार्यालयका प्रमुख, इन सु किम र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डीन डा. शशिधर राम जोशी, सहायक डीन विनोद कुमार भट्टराई, सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्र प्रसाद आचार्यको उपस्थिति रहेको थियो । सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम, सामसङ इनोभेसन क्याम्पसको उद्घाटन सन् २०२३ को डिसेम्बरमा गरेको थियो ।

यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा र कोडिङ एन्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम दिएर नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ । यस पाठ्यक्रममा छनोट हुनको लागि पूर्वसर्तहरूमा एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान समावेश छ । पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूलाई वास्तविक काममा प्रयोग हुने सीपहरू र इन–डिमान्ड प्राविधिक सीपहरू प्रदान गरिनेछ, यसले उनीहरूको डिजिटल साक्षरता, अध्ययन गर्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।

प्राविधिक प्रशिक्षणका साथ यस कार्यक्रमले विद्यार्थीहरूको रोजगार योग्यता बढाउन उनीहरूको ज्ञानलाई जीवनोपयोगी बनाउन सामान्य सीप तालिम पनि प्रदान गर्ने जनाइएको छ । यसले विद्यार्थीहरूलाई नवीन खोजकर्ता बन्न पनि सक्षम बनाउनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x