Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशंकर समूहको लगानीमा काठमाडौंमा हिल्टन होटल

शंकर समूहको लगानीमा काठमाडौंमा हिल्टन होटल


काठमाडौं । शंकर समूहको लगानीमा काठमाडौंमा हिल्टन होटल सञ्चालनमा आएको छ । काठमाडौंको मुटु मानिने नक्सालमा रहेको हिल्टन काठमाडौ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

काठमाडौंको सबैभन्दा अग्लो यस होटलमा रहेका एक सय ७२ वटा कोठाहरूबाट पाहुनाले हिमालय शृङ्खलाको अतुलनीय मनमाहेक दृश्यावलोकन गर्न सक्नेछन् । यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल चार किलोमिटरको दूरीमा रहेको छ भने ठमेल, दरवारमार्गजस्ता प्रख्यात पर्यटकीयस्थलहरू यहाँबाट मात्र केही मिनेटको दूरीमा पर्छन् । यसले गर्दा यो होटल व्यावसायिक तवरमा र छुट्टी मनाउन आउने दुवै किसिमका पर्यटकका लागि उपयुक्त स्थल बन्ने दाबी गरिएको छ । नेपालको प्रमुख व्यापारिक घराना शंकर समूहको लगानी रहेको यो होटलले भारतीय उपमहाद्विपमा हिल्टनको दरिलो विकास र विस्तारमा उल्लेखनीय कोशेढुंगा साबित हुने सो ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए ।

हिल्टनको निर्माण शैलीमा नेपालको समकालीन डिजाइनका साथ समृद्ध सम्पदालाई उत्कृष्टताका साथ उतारिएको छ । काठमाडौंको सबैभन्दा अग्लो र सिसैसिसाको बाह्य भाग भएको यहाँ अद्भूत, आरामदायी कक्षहरूदेखि प्रेसिडेन्सियल सुइटहरूसम्मको विविधता भएका कोठाहरूमा रहेका छन् । कर्मचारीको पोशाक, प्रतीक्षालय र अन्य अतिथि कक्षहरू सबै परम्परागत नेपाली ढाकाको कपडाले सजाइएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सामिप्यमा रहेको हिल्टन काठमाडौंबाट पर्यटकीय सहर ठमेलमा पनि सहजै पहुँच राख्न सकिन्छ । हिल्टन काठमाडौंमा पाँच अनुपम डाइनिब भेन्युहरू उपलब्ध छन्, जसमा स्थानीय परिकारका स्वाददेखि अन्तर्राष्ट्रियस्तरका स्वादहरूको मिश्रणको अनुभवहरू बटुल्न सकिन्छ ।

हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । यसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर छ हजार दुई सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो गुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो । हिलटन इन्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्री हेड जुविन सक्सेनाले समृद्ध सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपालजस्तो देशमा रणनीतिक प्रवेशका साथ हिल्टन काठमाडौंको शुभारम्भ गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x