घरेलु तथा साना उद्योेगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना मझौला उद्योगमा रहेकाले यस्ता उद्योेगको प्रवद्र्धन र विकासमा सरकार हरतरहले लागेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको छलफलमा उनले यस क्षेत्रको उद्योगलाई प्रवर्द्धनका लागि उद्योग मन्त्रालयले महासंघसँग सहकार्य गर्ने बताए । सरकार र महासंघबीच सम्बन्ध परस्पररूपमा अगाडि बढ्न सके मात्रै मुलुकको उद्योग क्षेत्र माथि उठ्ने उनको भनाइ थियो । आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको उनले बताए । ‘घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कृषि उद्योग छ, विभिन्न उत्पादनमूलक उत्पादन छ, हर्बलसँग जोडिएको छ नेपालको स्रोतसाधन सबैसँग जोडिएको हुन्छ’, उनले भने । यसलाई क्षेत्रका लागि आवश्यक नीति कानुनको सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनले बताए ।
‘सरकारले नीतिमा सहुलियत दिने हो । उद्योग त उद्योगी व्यवसायीले चलाउने हो’, उनले भने । उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरूकै लागि स्टार्टअप कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए । उद्योग क्षेत्रको विकासका लागि लघु घरेलु तथा साना उद्योगीहरूको भूमिका महत्वपूर्ण भएको भन्दै उनले मन्त्रालयले वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेको बताए । सोहीअनुरूप साथ दिन उनले महासंघलाई आग्रह पनि गरे ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले संघीय संरचनाअनुरूप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जुमा गर्न आवश्यक रहेको औँल्याए । विगतमा तीन तहकै सरकार सञ्चालनका क्रममा भोगेका अनुभवहरूको आधारमा औद्योगिक व्यवसाय ऐनमा समसामयिक परिमार्जनको आवश्यकता रहेको उनले बताए । स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुहरू आमजनमानस तथा विदेशी पर्यटकहरूले खरिद गर्न परेमा एकै थलोमा नपाइने हुनाले उपभोक्ताहरू भौतारिनुपर्ने अवस्थाको अन्त्यका लागि स्वदेशी वस्तुहरू मात्र रहने गरी केन्द्रीयस्तरमा एउटा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना गर्न उनले माग गरे ।
स्वदेशमै उपलब्ध हुन सक्ने वस्तु पनि विदेशबाट आयात गर्ने परिपाटीले स्वदेशी उद्योगका उत्पादनहरूले बजार नपाइरहेकाले नेपाली उद्योगहरू धराशायी हुँदै गएको उनले बताए । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न उनले जोड दिए । लघु, घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिस्ट्रार समेतमा कागजात र राजस्व बुझाउनु पर्ने झण्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले यसलाई एकद्वार प्रणालीमार्फत दर्ता र नवीकरण गर्ने व्यवस्था गर्न पनि माग गरे ।
स्थानीय तहमा लघु उद्योग ग्राम, घरेलु तथा साना उद्योग ग्राम बनाउने पूर्व कार्यक्रम व्यवस्थित हुन नसकेको उल्लेख गर्दै उनले त्यस्ता उद्योग स्थापना र सञ्चालनका लागि संघीय सरकारले स्थानीय तहलाई सिधै अनुदान दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । यस्तै, स्टार्टअप व्यवसाय अहिले फेसनजस्तो बन्दै गइरहेकाले स्टार्टअप व्यवसायको ठोस परिभाषा एकीकृत गरी सोही अनुरूप स्टार्टअप व्यवसायलाई पुँजी र प्रविधिमा सहयोग पुर्याउन कर्जा व्यवस्था गर्नुपर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया