कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा पौडेल
पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा लेखनाथ पौडेल निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न २३औँ साधारणसभा एवं १२औँ अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
पौडेल यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । यस्तै, संस्थाका वरिष्ठ उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना, उपाध्यक्षमा चोकबहादुर गुरुङ छन् । यसअघि तिमिल्सिना उपाध्यक्ष र गुरुङ महासचिव थिए । अधिवेशनले एसोसिएसनको महासचिवमा पूर्णबहादुर थापा, सचिवमा ममता गुरुङ, कोषाध्यक्षमा रोशनलाई निर्वाचित गरेको छ । कार्यसमिति सदस्यमा नारायण अधिकारी, दीपेन्द्रराज आचार्य, विकास भालोठिया, विजय विक्रम दाहाल र राजु सुनुवार छन् । संस्थाका कानुनी सल्लाहकार अधिवक्ता दयाराम गौतम संयोजक, पूर्वअध्यक्षद्वय जनकराज पराजुली र यमनाथ तिमिल्सिना सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाको उद्घाटन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले व्यवसायीलाई उपभोक्ताको हितमा ध्यान दिन सुझाव दिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ट्याग : #page 3
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया