फेदीखोला हाइड्रोमा लगानी जुट्यो
काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी निर्माण गर्नका लागि लगानी जुटेको छ । राष्ट्रिय वाणिज्य बैंकले सो कम्पनीमा कर्जा लगानी गर्ने भएको हो ।
कर्जा लगानीका लागि फेदीखोला हाइड्रोपावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको हो । सम्झौतामा कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञवालीले हस्ताक्षर गरेका छन् । कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ६ मा निर्माण गरिरहेको चार दशमलव ३ मेगावाटको फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । सो आयोजनाका लागि राष्ट्रिय वाणिज्य बैंकले ५० करोड रूपैयाँ ऋण लगानी गर्ने भएको छ । कुल लागत ९४ करोड रहेको आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ ।
कम्पनीका अनुसार यही साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरिने भएको छ । आयोजनाले स्वपुँजीको ४४ करोड ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्काशन चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा गर्ने लक्ष्य राखेको जनाएको छ । कम्पनीले २०८२ साल असोजमा आयोजना सम्पन्न हुनेगरी निर्माण कार्य अगाडि बढाएको छ । यो आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रक्सन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ । आयोजनाको निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको पनि कम्पनी जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया