Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगधादिङका एम्बुलेन्सहरू नै मापदण्डविपरीत

धादिङका एम्बुलेन्सहरू नै मापदण्डविपरीत


धादिङ । धादिङमा करिब ५२ वटा एम्बुलेन्स सरकारी मापदण्डविपरीत सञ्चालन हुने गरेको पाइएको छ । सरकारी मापदण्डअनुसार अनिवार्यरूपमा सबै एम्बुलेन्समा जीपीएस जडान गर्नुपर्ने भए पनि निजी एम्बुलेन्स ल्याएर बाबुआमाको नाममा प्रतिष्ठान बनाएर सञ्चालन गरिएका एम्बुलेन्सहरूले नियम पालना नगरेको पाइएको हो ।

जिल्लामा एम्बुलेन्स सञ्चालन गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखको सदस्य समिति रहने गरी जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति रहेको भए पनि समितिमा नवीकरण गनुपर्ने एम्बुलेन्सहरूले तीन वर्षदेखि एम्बुलेन्स नै नवीकरण नगरी चलाइएको पाइएको हो ।

करिब ६८ ओटा एम्बुलेन्स अभिलेख रहेको धादिङ जिल्लामा आठ वटा सञ्चालनमा नरहेको, आठ वटा एम्बुलेन्स ‘ख’ वर्गको रहेको र ५२ वटा एम्बुलेन्स ‘ग’ वर्गमा दर्ता भएको र मापदण्डअनुसार स्तरोन्नति गरी नवीकरण गर्नुपर्नेमा नगरी सञ्चालन गरेको पाइएको छ ।

तसर्थ स्वास्थ्य चौकी, धुनीबेसी नगर अस्पताल, गोगनपानी स्वास्थ्यचौकी, थाक्रे ग्रामीण अस्पताल, रुबीभ्याली ग्रामीण अस्पताल, धादिङ अस्पताल, अम्बे भरोसा अस्पताल, नेरेसो धादिङले सञ्चालन गरेको एम्बुलेन्स ‘ख’ वर्ग रहेर पनि नवीकरणको लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिमा निवेदन समेत नदिइएको पाइएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x