Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरा उद्योग वाणिज्य संघको अधिवेशन भदौमा

पोखरा उद्योग वाणिज्य संघको अधिवेशन भदौमा


पोखरा । पोखराको सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको ७०औँ वार्षिक साधारणसभा तथा ३५औँ अधिवेशन भदौ अन्तिममा हुने भएको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा हालै बसेको कार्यसमिति बैठकले भदौ २८ र २९ गते साधारणसभा र अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनअन्तर्गत हुने निर्वाचन कार्य सम्पन्न गर्न पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति बनाइएको संघले जनाएको छ । नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले अधिवेशनलाई पोखरेलीले चासो र महत्वका साथ हेरेका छन् । मिति घोषणा भएसँगै चुनावी माहोल पनि सुरु भएको छ । संघको विभिन्न पदमा आकांक्षा राखेकाहरू मतदाता व्यवसायी भेटघाटमा लागिसकेका छन् । साथै केही भने उम्मेदवारी घोषणाका लागि समूह बनाउने तयारीमा जुटेका छन् । संघको नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र गत अधिवेशनमा अध्यक्ष पदका उपविजेता अर्जुन पोखरेललाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

वरिष्ठ उपाध्यक्ष कार्कीले आफू वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका कारण स्वाभाविकरूपमा अध्यक्ष पदको उम्मेदवार बन्ने बताइसकेका छन् । साथै, उनले चाँडै आफ्नो टिम (समूह) घोषणासहित निर्वाचनमा सहभागी हुने बताएका छन् । पोखरेलले भने औपचारिकरूपमा केही बोलेका छैनन् । तर आफू पनि अध्यक्ष पदको आकांक्षी रहेको संकेत भने गरेका छन् । संघमा करिब तीन हजार तीन सय मतदाता छन् । पछिल्ला वर्षमा संघको भूमिका प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीले गुनासो गर्दैै आएका छन् । संघले पोखराका जल्दाबल्दा विषयमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पोखरा विश्वविद्यालय स्थापना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पोखराको फुटपाथ व्यवस्थापन, खानेपानी आपूर्तिलगायतमा संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x