Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउवरमा एक लाख बीवाईडी कार सामेल गराइने

उवरमा एक लाख बीवाईडी कार सामेल गराइने


काठमाडौं । राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फिल्ट सर्भिसमा एक लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ । युरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसँग सम्झौता गरेको हो ।

उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन समेत यी दुई कम्पनीबीच सम्झौता भएको छ । साथै, दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको छ । उवर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ । चिनियाँ ब्रान्डका ईभीको बढ्दो दबदबा रोक्न युरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बाबजुद उवरसँग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरूले निकै अर्थपूर्णरूपमा लिएका छन् । यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी गरेका छन् ।

बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उवरले जनाएको छ । मध्यपश्चिम, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x