बिमस्टेक सीसीआई गठन गर्न प्रस्ताव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र नीति वकालतको लागि बिमस्टेक सीसीआई गठन गर्न प्रस्ताव गरेकी छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजित बिमस्टेक बिजनेस समिट २०२४ मा आर्थिक सशक्तीकरणको समावेशिता विषयक छलफलमा उनले सो प्रस्ताव राखेकी हुन् ।
यस्तै, उनले निरन्तर र आर्थिक गतिविधिमा समावेशीकरणका नयाँ उब्जिएका चुनौतीलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रले महिलाको वित्तमा पहुँच बढाउन, सिप विकास तालिम र शिक्षा, मार्गदर्शन अवसर सहजीकरण गर्न मिलेर काम गर्नुपर्ने बताइन् । उनले सीसीआईले नेपाल र अन्य सदस्य राष्ट्रका महिला उद्यमीहरूलाई उनीहरूको व्यावसायिक सिप अभिवृद्धि गर्न, बजार बुझ्न मद्दत गर्न कार्यशाला, सेमिनार र तालिमको व्यवस्था गरिनुपर्नेमा जोड दिइन् । पूर्वअध्यक्ष राणाले आर्थिक समावेशीकरणका धेरै फाइदाहरू रहेको भन्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील र कार्यस्थललाई थप नवीन बनाउने धारणा राखिन् । उनले लैङ्गिक समानता कायम राख्दा अर्को वर्षको अन्त्यसम्ममा विश्वको वृद्धिमा १२ ट्रिलियन अमेरिकी डलर थपिने बताइन् ।
उनले सरकार र निजी क्षेत्रका व्यावसायिक निकायहरूलाई महिलाको आर्थिक सहभागितामा रहेका अवरोधहरू हटाउन पहल गर्न सबैलाई आह्वान समेत गरिन् । उनले बिमस्टेक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा महत्वपूर्ण भूमिका खेल्ने नेपाली उद्यमीलाई सम्बोधन गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको उल्लेख गरिन् । उनले बिमस्टेकमा बिमस्टेक सीसीआई गठनले व्यापार र लगानी अवसर वृद्धि गर्न काम गर्ने बताइन् । उनले बिमस्टेक सीसीआईले आयोजना गर्ने व्यापार मेला, व्यापार मञ्च र लगानी सम्मेलनमा सहभागी भएर नेपाली उद्यमीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्न, विदेशी लगानी आकर्षित गर्न र नयाँ बजार खोज्न सकिने पनि उल्लेख गरिन् ।
पूर्वअध्यक्ष राणाले नेपाली महिला उद्यमीहरूको संलग्नता विशेषगरी उल्लेखनीय रहेको बताइन् । उनले बिमस्टेकले उनीहरूलाई नेटवर्क गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न, र व्यवसायमा महिलाहरूका लागि उपयुक्त स्रोतहरू र प्रशिक्षण कार्यक्रमहरू पहुँच गर्न प्लेटफर्म प्रदान गर्ने बताइन् । बिमस्टेक सीसीआईमा नेपाली उद्यमीहरूको सक्रिय सहभागिताले क्षेत्रीय आर्थिक एकीकरणलाई बढावा दिन, व्यापार अवसरहरू बढाउन र नेपाल र बृहत्तर बिमस्टेक क्षेत्रको दिगो विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्ने उल्लेख गरिन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया