एक्सपर्ट एजुकेसन २१ वर्षमा
पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस २१औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थाले वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको जनाएको छ । संस्थाका म्यानेजर विष्णुप्रसाद गौतमका अनुसार वार्षिकोत्सवअन्तर्गत ‘सात दिन, सात कार्यक्रम’ आयोजना गरिएको थियो । अभिभावक कार्यशाला, निबन्ध लेखन प्रतियोेगिता, शैक्षिक सामग्री वितरण, फुटसल प्रतियोगिता, वृक्षारोपण तथा सरसफाइ, रक्तदान कार्यक्रम र इन्लाइटेन् एडु–द अल्टिमेट एजुकेसन एक्स्पोलगायतका कार्यक्रम गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग, रक्तदान, सरसफाइ, वृक्षारोपण कार्यक्रम राखिएको एक्सपर्टका म्यानेजर तथा एचआर हेड सली देवानले जानकारी दिए । यस्तै, एक्स्पोमा ४० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी भएका थिए । एक्सपर्ट वैदेशिक उच्च शिक्षाका लागि परामर्श दातृसंस्था हो । एक्सपर्टले अस्ट्रेलिया, युके, क्यानडा, न्युजील्यान्ड, यूएसएलगायतका देशका लागि शैक्षिक परामर्श दिँदै आएको छ । अस्ट्रेलिया सिड्नीमा सन् २००३ अगस्ट ८ मा एक्सपर्टको स्थापना भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखा छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया