पोखरामा हरित रोजगारी सिर्जना परियोजना
पोखरा । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र युएनडीपीको साझेदारीमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयन हुन लागेको छ ।
परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्ने जनाइएको छ । यस्तै, परियोजनाले ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमलाई व्यवसाय इन्क्युबेसन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो आरयू उद्यमलाई बढावा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संशाधनको व्यवस्थापन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चिततासहित परियोजनाको स्वामित्व समेत लिनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकलमार्फत हरित रोजगारी सिर्जना गर्दै युवालाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताए । परियोजनामा कोइकाले नौ दशमलव आठ मिलियन अमेरिकी डलर र युएनडीपीले शून्य दशमलव ८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले रिसाइकल र अपसाइकलमार्फत नयाँ सामग्री उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ । यस परियोजनाअन्तर्गत एक कोसेली घरसमेत निर्माण हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, महानगर
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया