हस्तकला महासंघ र थाइल्यान्डको सोङखला चेम्बरबीच सम्झौता
काठमाडौं । नेपाल हस्तकला महासंघ र थाइल्यान्डको सोङखला चेम्बर अफ कमर्सबीच हालै एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । थाइल्यान्डको हट याईमा आयोजना भएको एसएमई मेला २०२४ मा सो सम्झौता भएको हो ।
दुवै पक्षबीच सहयोग र मित्रताको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष प्रचण्ड शाक्य र सोङ्ला चेम्बरका अध्यक्ष सोङफोन जङ्सिरिवत्थामरोङले हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर समारोहमा सोङख्ला प्रान्तका डेपुटी गभर्नर महामापिस्क्री वामाई र सोङखला प्रान्तीय वाणिज्य निर्देशक चत्सुदा चुम्साङको समेत समारोहमा उपस्थिति रहेको थियो । जुलाई १९–२१ सम्म भएको सो मेलामा सहभागी हुन पुगेको महासंघको प्रतिनिधि टोलीले दुई देशको सिप व्यापारमा प्रोत्साहन गर्ने लक्ष्यले सो सम्झौता गरेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शाक्यले नेपाल र थाइल्यान्डका साना तथा मझौला व्यवसायी समुदायबीच विशेषगरी सिप हस्तान्तरण र व्यापार प्रवद्र्धनमा सम्भावित सहकार्यमा जोड दिए । उनले हाल थाइल्यान्डतर्फको निर्यात तुलनात्मकरूपमा न्यून रहेको र सम्झौताले थाइल्यान्डमा उत्पादनको बजार बढाउनमा ढोका खोलेको बताए ।
सो सम्झौताले सोङ्खला प्रान्त, थाइल्यान्ड र नेपालबीच पर्यटन, संस्कृति, शिक्षा, अर्थतन्त्र, व्यापार, पशुपालन उद्योग र कृषिका क्षेत्रमा मित्रता र सहयोग प्रवर्द्धन गर्ने जनाइएको छ । यस्तै सम्झौतामा दुवै पक्ष सहमत भएका क्षेत्रहरूमा व्यापार सम्बन्धलाई बढावा दिनका लागि आवश्यक आवश्यकताहरू पूरा गर्न जनसम्पर्क विभाग र अन्तर्राष्ट्रिय सहयोग एकाइमार्फत थप काम गर्ने उल्लेख छ । सियाम लान्चाङ कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक जित्रा यिङ पडुङ्साकमार्फत सोङ्खला प्रान्तको प्रादेशिक मामिला कार्यालयको निमन्त्रणामा महासंघ अध्यक्ष शाक्यको नेतृत्वको प्रतिनिधिले मेलामा सहभागिता जनाएको थियो । सो कार्यक्रममा महासंघलाई सम्मान समेत गरिएको थियो ।
प्रदेश सरकारको सहयोगमा सोङ्खला चेम्बर अफ कमर्सले आयोजना गरेको एसएमई मेलामा महासंघको प्रतिनिधिले ७० भन्दा बढी एसएमईका प्रतिनिधि र गहना डिजाइनरहरूसँग अन्तर्क्रिया गरेका थिए । यस्तै, कार्यक्रममा कम्बोडियाको सिएम रिपका डेपुटी गभर्नर निक नेरोनले पनि सम्भावित पर्यटन र कला आदानप्रदान कार्यक्रमहरूको लागि महासंघसँग सम्भावित सहकार्यमा गहिरो चासो देखाएका थिए । उनीसँगै चोङ कौसाउ गाउँका टोलीले दुवै देशमा ढुङ्गाको मूर्तिकला कला संस्कृति भएकाले वास्तुकलाको इतिहासमा रूचि राखेका थिए । यो चासो नेपाली विश्वविद्यालयहरूमा परम्परागत हस्तकला क्षेत्रको औपचारिक शिक्षालाई मूलधारमा स्थापना गरी शैक्षिक आदानप्रदान बढाउने उद्देश्यसँग जोड्न सकिने महासंघका अध्यक्ष शाक्य बताउँछन् ।
प्रतिनिधिमण्डलले थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीसँग पनि भेट गरेको थियो । प्रतिनिधिमण्डलले थाइल्यान्डमा नेपाली हस्तकला उत्पादनको प्रवद्र्धनका साथै नेपालमा हुन लागेको २१औँ हस्तकला व्यापार मेला र १९औँ हस्तकला प्रतियोगितामा सहयोग गर्न राजदूतसँग आग्रह गरेको थियो । राजदूत ओलीले यस कार्यमा आफ्नो पूर्ण सहयोग र प्रतिबद्धता रहेको प्रतिनिधिमण्डललाई आश्वासन दिएका थिए ।
गत वर्षदेखि नेपाल र थाइल्यान्डबीचको व्यापारमा निरन्तर वृद्धि भइरहेको छ । २०२३ मा द्विपक्षीय व्यापार लगभग एक सय ५० मिलियन अमेरिकी डलर पुगेको छ, यसले दुवै देशहरूलाई व्यापार र पर्यटनमार्फत पारस्परिकरूपमा समृद्धिको सम्भावना र अवसरहरू थपेको छ । सन् २०२२ मा नेपालले थाइल्यान्डमा १.०६ मिलियन डलर निर्यात गरेको थियो । नेपालबाट थाइल्यान्डमा निकासी हुने मुख्य उत्पादनहरू पेपर कन्टेनर, कम्बल र फलामजन्य सामग्री रहेका थिए । विगत पाँच वर्षमा नेपालबाट थाइल्यान्डतर्फको निर्यात वार्षिक सात प्रतिशतको दरले बढेको छ । २०१७ मा सात सय ५६ हजार डलरबाट २०२२ मा १.०६ मिलियन डलर पुगेको हो ।
सन् २०२२ मा थाइल्यान्डले नेपालमा ७९ दशमलव आठ मिलियन डलर निर्यात गरेको थियो । थाइल्यान्डबाट नेपाल निर्यात हुने मुख्य उत्पादनहरू अनप्रोसेड सिन्थेटिक स्टेपल फाइबर, विनाइल क्लोराइड पोलिमर र कारहरू रहेका थिए । थाइल्यान्डको वाणिज्य मन्त्रालयको २०२४ को पछिल्लो तथ्याङ्कअनुसार नेपाल विश्वका दुई सय ३० राष्ट्रहरूबीचको व्यापार सम्बन्धको १०७ औँ स्थानमा रहेको छ । पछिल्लो तीन महिना (मे–जुन २०२४) को तुलनात्मक तथ्याङ्कले सन् २०२४ जुनमा नेपालतर्फको निर्यातमा क्रमशः २५ मिलियन भाटको वृद्धि भएको देखाउँछ । यही अवधिमा नेपालबाट हुने १५ प्रकारको निर्यात पनि सन् २०२४ जुनमा ९७ प्रतिशतले समानुपातिकरूपमा बढेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया