कृषि एक्स्पोको तयारी तीव्र
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा हुन लागेको कृषि एक्स्पोको तयारी तीव्र पारिएको जनाइएको छ । आयोजकले आगामी भदौ २७ देखि ३० गतेसम्म मोरङको कटहरी कृषि थोक बजारमा आयोजना हुने सो एक्स्पोको तयारी तीव्ररूपमा अगाडि बढिरहेको जानकारी दिएको हो ।
कृषि एक्स्पोको प्रचारप्रसार गर्ने सिलसिलामा ईलाम पुगेको महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वको टोलीले सो क्षेत्रका उद्योगी व्यवसायीलाई एक्स्पोमा सहभागी हुन आह्वान समेत गरेका थिए । इलामको सूर्योदय नगरपालिकाको सभाहलमा भएको उद्योगी भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघ बिर्तामोड र त्यस क्षेत्रका उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू, कृषि व्यवसायी तथा कृषकहरू सहभागी थिए । महासंघका अध्यक्ष राउतले विगतमा काठमाडौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलोपटक कोशी प्रदेशमा हुन लागेको बताए । कृषि एक्स्पोलाई संघीय सरकारको कृषि तथा सहकारी मन्त्रालय र उद्योग मन्त्रालय, कोशी प्रदेश सरकार र स्वीस सरकार विकास सहयोगको प्रवर्द्धन रहेको छ ।
यस्तै, एक्स्पोमा नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र मोरङको कटहरी गाउँपालिकाको सहकार्य रहेको छ । उक्त एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपन्छीका दाना, भेटनरीलगायतका वस्तुहरूको प्रदर्शनी हुनेछ । साथै, कृषि विज्ञबाट प्यानल डिस्कसन, बीटुबी छलफल हुनेछ भने एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरू आएर परामर्श दिने कार्यक्रम रहेको अध्यक्ष राउतले जानकारी दिए । यसैगरी उक्त एक्स्पोमा कृषकले उत्पादन गरेका वस्तुहरूको उद्योग स्थापना गर्न प्रेरित गर्ने, कृषक र उद्योगीबीच समन्वय गराउने कार्यक्रम रहेको अध्यक्ष राउतले बताए । जिल्लाबाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिएको उनले जानकारी दिए ।
सूर्योदय नगरपालिकामा भएको छलफल कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले एक्स्पोलाई सफल बनाउन आफ्नो क्षेत्रबाट पूर्णरूपमा सहयोग रहने बताए । उक्त एक्स्पोमा यस क्षेत्रका उत्पादनहरू प्रदर्शनीमा राखिने उनको भनाइ थियो । एक्पोमा ताप्लेजुङ उद्योग वाणिज्य संघ, पांचथर उद्योग वाणिज्य संघ, इलाम उद्योग वाणिज्य संघ, सूर्योदय नगर उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, अलैँची व्यवसायी महासंघले सहभागिता जनाउने भएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, सहकारी–कृषि, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया