होटल रेस्टुरेन्टको प्रवर्द्धनमा टिकटक
काठमाडौं । पछिल्लो समय नेपालका मुख्य सहरहरूमा होटल, क्याफे, रेस्टुरेन्ट र खाजाघरहरू प्रशस्त खुलेका छन् । पछिल्लो समय नेपालीहरूमा पनि क्याफे कल्चर बढ्दै जान थालेको छ । खाना र खाजाका लागि घर बाहिर जाने चलन पछिल्लो समय तीव्ररूपमा बढ्दै गर्दा क्याफेहरूले पनि आफ्नो गुणस्तरमा वृद्धि गर्न थालेका छन् । यसले गुणस्तर र सेवा दुवैमा स्वस्थ प्रतिष्पर्धालाई बढावा दिएको छ भने रेस्टुराँ र खाजाघरहरूले ग्राहकलाई लोभ्याउन केही मौलिक र सिर्जनात्मक शैलीहरू अपनाउन थालेका छन् ।
हालको डिजिटल युगमा व्यवसायहरूको सिर्जनात्मक प्रचारप्रसारको कुरा गर्दा सबैभन्दा सशक्त माध्यमको रूपमा टिकटक रहेको छ । मौलिक र आकर्षक शैलीका छोटो भिडियो बनाएर टिकटकमा पोस्ट गर्ने चलन बढेको छ । टिकटकमा कोही बाहुबली थाली भनेर ठूलो थालीभरिका खानाको प्रचार गर्दैछन् भने कोही पुरानो ट्रक, रेल वा जङ्गल नै जस्तो साजसज्जामा क्याफे बनाइरहेछन् । अनि टिकटकमा पोष्ट भएको भिडियोमा कमेन्टभरि जिज्ञासाको ओइरो, कता छ यो क्याफे ? कहाँ छ यो रेस्टुराँ ? ठेगाना पहिल्याउँदै मानिसहरू खोजीखोजी आउने गरेका छन् ।
कम्पनीका अनुसार पछिल्लो समय ‘बालुवामाथि चिया पकाएको’ भिडियोले टिकटकमा राम्रो रिच पायो । अरबी ‘स्कार्फ’ टाउकोमा बेरेका नेपाली युवाले बालुवामाथि दिउरे बसालेर चिया पकाएको देखेपछि कसको ध्यान नजाला । तन्दुरी चिया र मटका चिया पुरानो भइसकेको बेला नयाँ तरिकाबाट चिया पकाउने ‘रेसिपी’को भिडियोले लाखौँ भ्युज पाएको हो । दुबईमा काम गरेर फर्किएका दिपेश निरौला र नितिन कोइरालाको जोडिले सञ्चालनमा ल्याएको ‘हबिबी चाय’को काठमाडौंको स्टलमा चिया पिउने, फोटो खिच्ने र टिकटक बनाउनेको भिड नै लाग्ने गरेको छ ।
यस्तै, काठमाडौं युनएन पार्कवारि बुद्धनगरमा सञ्चालनमा आएको रेलसहितको नयाँ रेस्टुरेन्ट ‘रेल स्टेसन’मा रेलको डब्बामा बसेर खान पिउन पाइन्छ । पूर्वपश्चिम रेल, काठमाडौं पोखरा रेल, पोखरामा रेल आएपछि कुश्मामा एउटा स्टेसन त बन्छ नि भनेर प्रधानमन्त्री केपी ओलीले धेरैअघि गरेको भाषण आजपर्यन्त जति भाइरल छ, त्यति नै भाइरल बन्दै छ यो नयाँ ‘रेल स्टेसन’ । ‘हाम्रो जुनीमा कुश्मामा रेल स्टेसन बन्ला नबन्ला तर काठमाडौंको बुद्धनगरमा भने बनिसक्यो । धेरै नेपालीको रेल हेर्ने र चढ्ने तिर्सना यस क्याफेले केही हदसम्म बुझाउने पक्का छ’, कम्पनीले भनेको छ । यहाँ आउने ग्राहकहरू रेलसँगै आफ्नो फोटो, भिडिओ खिचेर टिकटकमा राख्ने गर्छन् । रेल स्टेसन सन्धिखर्क, अर्घाखाँचीका तीन युवा सुदन बन्जाडे, जनक क्षत्री र दीपक पौडेलले खोलेका हुन् ।
टिकटकमा नयाँ आईडिया त यसै लोकप्रिय बन्छ नै । नयाँ शैलीको फिडब्याकले पनि हल्लाखल्ला मच्चाउँछ । सधैँ ‘मलाई यहाँको खाने कुरा मीठै लागेन’ भन्ने टिकटकरले ‘मलाई यहाँको खानेकुरा दाम्मी लाग्यो । एम्बियन्स पनि राम्रो, सर्भिस झनै राम्रो’ भनेर भिडियो हाल्दिन्छ भने भोलिपल्टै ग्राहकको ओइरो लाग्ने गरेको व्यवसायीहरूको अनुभव छ । खानाको स्वाद, परिकारको मूल्य, क्याफेको वातावरण, कर्मचारीको सेवा सत्कार आदि सबै कुरा प्रष्टै देखाएर बनाएका भिडियो टिकटकभरि सर्वत्र देख्छ पाइन्छ । अनि यी सबै गुणहरूमा अब्बल क्याफे खोजेर जाने ग्राहकहरू संख्या पनि ठूलो छ ।
यसले क्याफे, रेस्टुराँको उद्योगलाई कसरी फस्टाउन टिकटकले सघाइहेको प्रष्ट हुने कम्पनीको दाबी छ । यस्तै, टिकटक नाम गरिएका क्याफे र रेस्टुरेन्टका विवरणहरू पनि व्यापक आउन थालेका छन् । टिकटक रेस्टुरेन्ट एन्ड बार, टिकटक रिसोर्ट, टिकटक क्याफे, टिकटक होटल एन्ड फ्यामिली रेस्टुरेन्टलगायतका नामहरू आजकल हरेक चोक र साना ठूला बजारहरूमा देख्न सकिन्छ । टिकटक ब्रान्डको नाम यति व्यापक हुनुमा जनजीवनमा यसको मनोवैज्ञानिक प्रभाव र मानिसहरूमा यसप्रति रहेको आकर्षण मुख्य कारक रहेको छ । यसले हरेक क्षेत्र चलायमान बनाइरहेको कम्पनीको दाबी छ ।
‘व्यावसायिक दुनियाँमा बजारीकरण एकदम महत्वपूर्ण हुन्छ । आजकलको स्टार्टअपको दुनियाँमा यसअघि महँगो पर्ने पुरातन शैलीका बजारीकरण प्रयासहरूमा टिकटकले लोकतान्त्रीकरण गरिदिएको छ’ । कम्पनीले भनेको छ, ‘आज नयाँ आईडिया लिएर व्यवसाय गर्छु भन्ने सिर्जनशील मान्छेसँग रिस्क छैन, डर छैन, आँट छ किनकि उनीहरूसँग डिजिटल हतियार टिकटक छ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया