फोटोन र सोकोन मोटर्सको सोरुम पोखरामा सञ्चालन
काठमाडौं । चीनको व्यावसायिक वाहन निर्माता कम्पनी फोटोन र सोकोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सले पोखरामा सोरुम सञ्चालन गरेको छ । आइतबारदेखि पोखराको बुद्धचोकमा नयाँ सोरुम सञ्चालनमा आएको हो ।
सोरुममा फोटोन र सोकोनका गाडी उपलब्ध छ । फोटोन मोटर्सका हाइरुफ ईभी भ्यान, टुनल्यान्ड र टीएम वानसहित कुशल र भरपर्दा सवारीसाधन सोरुममा पाइन्छन् । साथै, सोकोन मोटर्सका बहुमुखी इसी३६ भ्यान, यात्रुवाहक, स्कुल र कार्गो भेरियन्ट समावेश छन् । कम्पनीका सेल्स प्रमुख नवीन आचार्यका अनुसार फोटोन र सोकोनका विद्युतीय र पेट्रोलियम गाडी पोखरा सोरुमबाट बिक्री गरिनेछ । सोरुममा ११ देखि १६ सिटसम्मका विद्युतीय सवारी साधन उपलब्ध छन् । आर्थिक अवस्था सुधार गर्न तथा वातावरण संरक्षणका लागि अहिले अवस्थामा विद्युतीय साधनको प्रयोगमा जोड दिनुपर्ने उनको धारणा छ । सर्भिस प्रमुख जयन्त बस्नेतका अनुसार कम्पनीका नेपालभर २० वटा सेवा केन्द्र छन् । कम्पनीले विद्युतीय सवारीसाधन र सीएटीएल ब्याट्री पनि प्रदान गर्ने उनले बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ताले ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेल्स एन्ड सर्भिस नेटवर्कको विकास गरिने बताए । ग्राहकलाई फोटोन र सोकोन प्लान्ट भ्रमणका लागि पठाउने कम्पनीको योजना रहेको उनले स्पष्ट पारे । सो अवसरमा सहभागी गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री राजीव गुरुङले जलविद्युतको विकासको कारण विद्युतीय सवारीसाधनको भविष्य राम्रो हुने बताए । विद्युतीय सवारीसाधनको प्रयोगले व्यक्तिलाई नाफा मात्र नभई वातावरण संरक्षणमा समेत योगदान पुग्ने उनको विश्वास छ । ‘नेपालमा विद्युत् उत्पादन राम्रो छ तर बिक्री नै गर्नुपर्ने अवस्था म देख्दिनँ’, मन्त्री गुरुङले भने, ‘सबै उत्पादन यहीँ नै प्रयोगमा ल्याउन सके महँगो ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न सकिन्छ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया