Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलमा अब देशबाहिर पनि एसएमएस अलर्ट र ओटीपी आउने

एनसेलमा अब देशबाहिर पनि एसएमएस अलर्ट र ओटीपी आउने


काठमाडौं । एनसेलका सबै मोबाइल नम्बर/ग्राहकहरूले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरूले पठाएका वान टाइम पासवर्डहरू (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरू आफ्नो मोबाइलमा प्राप्त गर्न सक्छन् ।

कम्पनीका अनुसार यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरूले विशेष गरी केवाईसीमा मोबाइल नम्बर चाहिने र आमनेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायहरूलाई ठूलो महत्व राख्छ । विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकले एप्लिकेसन टु पर्सन (एटूपी) म्यासेजहरूजस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रूपमा प्राप्त गर्ने गर्छन् । यस्ता ओटीपी, एसएमएस र नोटिफिकेसनहरू सरकारी निकायहरू, अर्ध–सरकारी निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्थाहरू र गुगल र फेसबुकजस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले कम्पनीका कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेसन डेलिभरीको समस्या नरहेको बताए । ‘हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो’, उनले भने, ‘सुरुवातमा नौ सय ७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । ती समस्याहरू विभिन्न प्रमुख सेवा प्रदायकहरूको द्रूत समझदारीका साथ समाधान गरिसकिएका छन् ।’ एनसेलका ग्राहकहरूले आन्तरिक राजस्व कार्यालय, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्थाहरू र विभिन्न सामाजिक सञ्जालहरूबाट ओटीपी प्राप्त गर्दै आएको कम्पनीले जनाएको छ ।

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरू यस्ता जानकारी तथा सूचनाहरू प्राप्त गर्नयोग्य रहेको बताएको छ । साथै, एनसेलले अन्य सर्ट–कोड सञ्चालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ नौ सय ७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरूप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।

‘केही सर्ट–कोड सञ्चालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन् । जो हाम्रो नयाँ नौ सय ७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरूलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकूल बनाउन अनुरोध गर्दछौँ’, कम्पनीले भनेको छ, ‘सबै एनसेलका नम्बर सिरिजहरू लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूको लागि पनि पहुँचयोग्य छन् ।’ यसबाहेक केही समस्या भए ग्राहक र सर्ट कोड सञ्चालकहरूले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर आफ्नो कुरा राख्न सकिने कम्पनीले जनाएको छ ।

साथै, नौ सय ७० नम्बर रेन्जमा ग्राहकले सुरुका ९७०५ बाहेक अन्तिम छ अंकहरू आफैँले सधैँ अन विशेष नम्बरका रूपमा चयन गर्न सकिने सुविधा एनसेलले प्रदान गर्दै आएको छ । एनसेल यो नयाँ नम्बर रेन्जमार्फत ग्राहकहरूलाई थप र विस्तारित सेवा र सुविधाहरू प्रदान गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x