Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेसनल प्याथ ल्याबको नयाँ शाखा पोखरामा

नेसनल प्याथ ल्याबको नयाँ शाखा पोखरामा


 पोखरा । नेसनल प्याथ ल्याबको नवौँ शाखा पोखरामा विस्तार गरिएकोे छ । पोखरा हस्पिटल चोकमा तीन करोडको लागतमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबैखाले परीक्षण पोखरामै सम्भव हुने गरी अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिकको व्यवस्थापन गरिएको छ । प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजीलगायतका विभाग छन् । मिर्गौला प्रत्यारोपणसम्बन्धी परीक्षण, बाथरोग, एमटीभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरसँगै अन्य क्यान्सरको परीक्षण र होलबडी परीक्षणको प्याकेज समेत रहेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए । रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइटस÷इन्सेफ्लाइटस प्यानललगायतका परीक्षणको सुविधा नेसनल प्याथ ल्याबमा उपलब्ध छन् ।

२०६९ सालमा बुटवलबाट सुरु नेसनल प्याथ ल्याबले पोखरासहित देशका नौ सहरमा शाखा विस्तार गरेको छ । काठमाडौं, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, धनगढी र पोखरामा प्रयोगशाला छन् । काठमाडौं र बुटवल शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता पाएका प्रयोगशाला हुन् । पोखरा शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा ‘बि’ ग्रेड मा सूचीकृत छ । संस्थाका अध्यक्ष रुद्रबहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि पोखरामा प्रयोगशाला स्थापना गरिएको बताए । ‘स्वास्थ्य परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना संकलन गर्ने व्यवस्था मिलाइएका छौँ । बिरामीका आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सक्नेछन्’, कार्कीले भने ।

पोखरामा नेसनल प्याथ ल्याबले सेवा सुरु गरेसँगै अब प्रयोगशालासम्बन्धी परीक्षणका लागि काठमाडौंं धाउनुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ । प्रयोगशालामा आर्थिक अवस्था कमजोेर भएका विपन्नवर्गका बिरामीका लागि निःशुल्क जाँचको व्यवस्था मिलाइएकोे पोखरा शाखा प्रमुख अच्यूतराज अधिकारीले बताए । नेसनल प्याथ ल्याबले काठमाडौंमा आठ सय बढी इनहाउस परीक्षण सेवा दिँदै आएको जनाएको छ । नमुना परीक्षण, कर्मचारी संख्याका हिसाबले नेसनल प्याथल्याब नेपालकै ठूलो प्रयोगशाला हो । पोखराको प्रयोगशालामा २२ जनाले रोजगारी पाएका छन् । शुभारम्भ अवसरमा होलबडी चेकअपमा दुई हजार रुपैैयाँको अफर ल्याएको ल्याबले प्याकेजमा विशेष छुट दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x