Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो र जाइसले प्रोफेसनल मोबाइल इमेजिङ ल्याउने

भिभो र जाइसले प्रोफेसनल मोबाइल इमेजिङ ल्याउने


काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभो, आफ्नो ग्लोबल इमेजिङ पार्टनर जाइससँग मिलेर विकास गरेको नयाँ प्रिमियम मिड–रेन्ज डिभाइसको आगामीे लन्चको साथ नेपाली स्मार्टफोन बजारमा क्रान्ति ल्याउने तयारीमा छ । यो सहकार्यले देशभरका बढीभन्दा बढी उपभोक्ताहरूका लागि प्रोफेसनल–ग्रेड मोबाइल फोटोग्राफीको पहुँच पु¥याउने कम्पनीको दाबी छ ।

भिभोले २०२० मा जाइससँगको ग्लोबल सहकार्य सुरु गरेको थियो । यसको मुख्य उद्देश्य मोबाइल इमेजिङ नवप्रवर्तनलाई अघि बढाउनु रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो भिभो जाइस सह–इन्जिनियरिङ इमेजिङ प्रणाली भिभो एक्स सिरिजसँगै डेब्यु भएको थियो, यसले स्मार्टफोन फोटोग्राफीको लागि नयाँ मानकहरू स्थापित गरेको कम्पनीको दाबी छ । भिभोको फ्ल्यागसिप एक्स सिरिजमा जाइस अप्टिक्सको सफल एकीकरणले विश्वभरका प्रयोगकर्ताहरूका लागि फोटोग्राफी मापदण्डहरूलाई पुनः परिभाषित गरेको छ ।

अब, प्रिमियम मिड–रेन्ज सेग्मेन्टमा जाइस प्रविधिको परिचयसँगै, भिभोले नेपालको उपभोक्ताहरूलाई असाधारण इमेजिङ क्षमताहरू प्रदान गर्न तयार छ । भिभो नेपालका प्रबन्ध निर्देशक माइकल लिउले प्रिमियम मिड–रेन्ज स्मार्टफोन सिरिजमा जाइस अप्टिक्ससँगको सहकार्यले अत्याधुनिक प्रविधि र अनुपम प्रयोगकर्ता अनुभवहरू प्रदान गर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x