एनसेलको सातै प्रदेशमा सामाजिक विकाससम्बन्धी आयोजना
काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकाससम्बन्धी विभिन्न आयोजनाहरू सञ्चालनमा रहेका छन् । कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एटिन फर एटिन’ अर्थात् १८ औँ वर्षको लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुला गरेको थियो । यसै पहलअन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरू सातै प्रदेशमा कार्यान्वयन भइरहेको कम्पनीले जनाएको छ ।
देशव्यापीरूपमा समुदायस्तरमा आवश्यक रहेको विकास कार्यका लागि आह्वान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरूको मूल्याङ्कन गरि छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरू छनौट गरी कार्यान्वयनमा ल्याइएका हुन् । छानिएका परियोजनाहरूमा बागमती प्रदेशको लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्युजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रवर्द्धनको कार्यक्रम तथा शिक्षासम्बन्धी कार्यक्रमहरू रहेको छ भने गण्डकी प्रदेशमा शिक्षा क्षेत्रअन्तर्गत विभिन्न कारणले गर्दा स्कुल जान छाडेका तथा स्कुलबाट बाहिररहेका बच्चाहरूलाई पुनः स्कुल पठाउनको लागि स्कुल फर आउट अफ स्कुल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्यसम्बन्धी न्युट्रिसन, बाससम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रवद्र्धनको लागि ग्रिन बक्स कार्यक्रम रहेका छन् ।
त्यसैगरी कोशी प्रदेशको लागि छ हजार महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणको लागि आउने पर्यटकहरूको सुरक्षाको लागि जनसचेतना कार्यक्रमहरू रहेका छन् । लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरूमा ग्रिन स्कुलको अवधारणा विकासको लागि परियोजना सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । मधेश प्रदेशमा युवाहरूको क्षमता विकास तथा जीविकोपार्जनको लागि सिप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका पाँच वटा मोडल स्कुलमा स्टेम एजुकेसन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरूको तालिम तथा विकासका आयोजना रहेका छन् भने नविकरणीय ऊर्जा प्रवद्र्धनसम्बन्धी परियोजनाहरू सञ्चालनमा रहेका छन् । कर्णाली प्रदेशमा बाससम्बन्धी व्यापक कार्यक्रम तथा फोहरमैला वर्गीकरण तथा फोहरबाट कम्पोस्ट मलको उत्पादनसम्बन्धी कार्यक्रमहरू रहेका छन् । आयोजनाको अवधारणा यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यान्वयन क्षेत्र, प्रस्ताव पेश गर्ने संस्थाको अनुभवलगायतका आधारमा सामाजिक कार्यहरू छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरूजस्तै शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय ऊर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयन लगिएका छन् ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले कार्यक्रमअन्तर्गत कर्णालीको चन्दननाथ नगरपालिकामा २२ हजार लाभग्राही रहने स्वास्थ्यसम्बन्धी परियोजना सञ्चालन हुने जानकारी दिइन् । उनका अनुसार सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा स्टेम एजुकेसनको प्रवद्र्धनको काम हुनेछ भने मधेश प्रदेशमा १८ देखि २५ वर्षका युवा लक्षित स्किल क्याप सञ्चालन गरिनेछ । कोशीमा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउने परियोजना गर्न लागेको उनले बताइन् । सातै प्रदेशमा कार्यान्वयन हुँदै गरेका कम्पनीका परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने उनको भनाइ छ ।
दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरूप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ । यस ‘एटिन फर एटिन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्नका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । प्राप्त प्रस्तावित आयोजनाको महत्व र प्रभावका आधारमा कुनै प्रदेशहरूमा दुईभन्दा बढी परियोजनाहरू छानिन सफल भएका छन् । एनसेलले आफ्नो स्थापनापश्चात शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुई अर्बभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया