Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेड्मी नोट १३ प्रो बजारमा

रेड्मी नोट १३ प्रो बजारमा


काठमाडौं । पछिल्लो समयमा स्टाइल र पर्फर्मेन्सको सन्तुलन भएको स्मार्टफोन भेट्टाउनु चुनौतीपूर्ण छ । बजारमा धेरै स्मार्टफोनहरू उपलब्ध छन् तर प्रयोगकर्ताहरूले कि त स्टाइलिस, कि त राम्रो पर्फर्मेन्स भएको स्मार्टफोन छनोट गर्नुपर्छ । यदि एउटै स्मार्टफोनमा शानदार डिजाइन र शक्तिशाली पर्फर्मेन्स दुवै प्राप्त गरे ग्राहकको रोजाइमा कस्तो प्रभाव पार्ला ? प्रस्तुत छ, रेड्मी नोट १३ प्रो, एउटा यस्तो स्मार्टफोन जसमा डिजाइन र पर्फर्मेन्सको उत्कृष्ट संयोजन पाउन सकिन्छ ।

रेड्मी नोट १३ प्रो को विस्तृत जानकारी लिनुअघि यसका प्रमुख विशेषतालाई हाइलाइट गर्नु महत्वपूर्ण रहन्छ । यसमा ६.६७ इन्चको एमोलेड डिस्प्ले, सहज मल्टिटास्किङका लागि मिडिया टेक हेलियो जी ९९ अल्ट्रा प्रोसेसर र सुन्दर फोटोहरूको लागि बहुमुखी २०० मेगापिक्सेल क्यामेरा समावेश रहेको छ । साथै, यसमा आईपी ५४ डस्ट र स्प्ल्यास रेजिस्टेन्स उपलब्ध गराइएको छ भने यसमा ग्लासचाहिँ कोर्निङ गोरिला ग्लास पाँच रहेको छ ।

स्टाइलिस र शानदार एमोलेड डिस्प्ले
रेड्मी नोट १३ प्रो मा ७.९८ मिलिमिटरको मोटाइ र एक सय ८८ ग्राम तौल रहेको छ जसले गर्दा यो स्मार्टफोन समात्न र प्रयोग गर्न निकै सहज बनाउँछ । साथै ६.६७ इन्चको एमोलेड डिस्प्ले, २४००ः १८०० पिक्सेलको रिजोल्युसन, र १२० हर्जको सुमधुर रिफ्रेस रेटको साथ प्रयोगकर्ताले शानदार डिस्प्ले अनुभव प्राप्त गर्न सक्नेछन् । साथमा आईपी ५४ ले धुलो र पानीबाट पनि स्मार्टफोनलाई सुरक्षा दिन्छ ।

शक्तिशाली प्रदर्शन
रेड्मी नोट १३ प्रो मिडिया टेक हेलियो जी ९९ अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित रहेको छ । एन्ड्रोइड १४ मा आधारित शाओमी हाइपर ओएसमा चल्ने यो स्मार्टफोनले प्रयोगकर्तालाई सहज अनुभव र अन्य विविध विशेषताहरू प्रदान गर्दछ । साथै, यो फोन ८ जीबी+२५६ जीबी वा १२ जीबी +५१२ जीबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ, यसले अत्याधिक फोटो, भिडियो र अन्य फाइलहरू भण्डारण गर्न प्रशस्त ठाउँ दिन्छ ।

२०० मेगापिक्सेलको क्यामेरा
रेड्मी नोट १३ प्रोले फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ । अप्टिकल इमेज स्टेबलाइजेसन पनि समावेश रहेको २०० मेगापिक्सेलको मुख्य क्यामेराले प्रत्येक विवरणलाई उत्कृष्ट स्पष्टतासँग कैद गर्दछ । साथै, आठ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेराको साथ विस्तृत सट र दुई मेगापिक्सेलको म्याक्रो क्यामेराको साथ डिटेल्स पनि यो स्मार्टफोनले कैद गर्न सक्छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले प्रयोगकर्ताको सेल्फीलाई सधैँ उत्कृष्ट बनाउँछ ।

दीर्घकालीन ब्याट्री लाइफ र फास्ट चार्जिङ
रेड्मी नोट १३ प्रोको एक प्रमुख विशेषता भनेको यसको प्रभावशाली पाँच हजार एमएएचको ब्याट्री हो, यसले यसको दिनभरको प्रयोग सुनिश्चित गर्छ । चार्ज सकिएपछि भने ६७ वाटको टर्बो फास्ट चार्जरले प्रयोगकर्तालाई छिट्टै चार्ज गर्न मद्दत पुर्याउँछ । डल्बी एटमससहितको डुअल स्पिकर र इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सरजस्ता अतिरिक्त सुविधाहरूले रेड्मी नोट १३ प्रोलाई पूर्ण प्याकेज बनाउँछ । कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो स्टाइल र पर्फर्मेन्सको उत्तम सन्तुलन हो । जुन स्मार्टफोन चाहने जोकोहीको लागि एउटा सबैभन्दा उत्कृष्ट विकल्प बन्न सफल भएको छ । रेड्मी नोट १३ प्रो, मिडनाइट ब्ल्याक, फरेस्ट ग्रिन र ल्याभेन्डर पर्पलमा उपलब्ध छ । रेडमी नोट १३ प्रो ८÷२५६ जीबी भेरियन्ट हाल ३२ हजार नौ सय ९९ रुपैयाँको विशेष अफरमा उपलब्ध छ भने १२÷५१२ जीबी भेरियन्ट ३५ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x