पोखराको लेकसाइडमा अंशुभराको ‘३१ एभिन्यु’ आउँदै
पोखरा । अंशुभरा ग्रुपले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । लेकसाइडको बाराहीचोकमा ६० करोडको लागतमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो ।अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाका अनुसार केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउनेछ । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराहीचोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले बताए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुनेछ ।
‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो, नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ’, प्रबन्ध निर्देशक थापाले भने ।
उनले थपे, ‘यसले ग्राहकलाई फरक खालको अनुभूति दिनेछ, मुलुकका विभिन्न ठाउँमा खुलेका मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ तर यसमा होटल पनि रहनेछ, पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने छन्, यसमा सपिङदेखि होटलसम्मको सेवा उपलब्ध हुनेछ ।’
अंशुभरा ३१औँ वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ‘३१ एभिन्यु’ नामकरण गरिएको उनले जानकारी दिए ।भवनमा बीस कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने छ । उनका अनुसार तीन वटा रेष्टुरेन्ट र एउटा बार रहनेछ । पाँच वटा रिटेल पसल हुनेछन् । विभिन्न ब्राण्डका कपडा पसल, ह्यान्डीक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने छ ।
अंशुभराले यसअघि पोखरामा नेपालको सबैभन्दा ठूलो ‘पोखरा ट्रेड मल’ सञ्चालनमा ल्याइसकेको छ । सो मलमा पाँच सय २५ वटा पसल सञ्चालनमा छन् ।अंशुभराले लेकसाइडमा ‘अंशुभरा स्क्वायर’ व्यावसायिक मल सञ्चालनमा ल्याइसकेको छ । साथै अंशुभराको अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी छ ।
नेपालमा नै रोजगारीको सिर्जना गर्दै विदेश पलायन हुनबाट युवालाई रोक्ने निर्देशक सौगातको सोँच छ । समयसापेक्ष व्यवसायिक लगानीमा उनी विश्वास गर्छन् । प्रविधिमैत्री वातावरणलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय बजारीकरणमा समेत अंशुभराको प्रचारप्रसारमा उक्त प्रोजेक्टमार्फत सहयोग पुग्ने उनको विश्वास छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया