Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको फोनमा ‘सर्कल टु सर्च’ सुविधा

सामसङको फोनमा ‘सर्कल टु सर्च’ सुविधा


काठमाडौं । सामसङले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार गरेको छ । सामसङ र गुगलको सहकार्यमा सर्कल टु सर्च सुविधा निर्माण गरिएको हो ।

सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै यी दुई सिरिजको लागि गुगलमा सर्कल टु सर्चको उपलब्धताको घोषणा गरेको छ । कम्पनीका अनुसार सर्कल टु सर्चको विस्तारले सकेसम्म धेरै प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउने सामसङ र गुगलको निरन्तर समर्पणलाई जोड दिनेछ । ग्यालेक्सी ए सिरिजमा सर्कल टु सर्चको उपलब्धतालाई पछ्याउँदै ग्यालेक्सी ट्याब एस९ एफईमा पनि यो सुविधा विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एस२४ सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ, यसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ ।

पछिल्लो ग्यालेक्सी जेड फिल्प६ र जेड फोल्ड६ लगायत उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत, क्युआर र बारकोड स्क्यानिङ गर्ने क्षमताको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ । अब, ग्यालेक्सी ए सिरिज र ट्याब एस९ एफई सिरिजका साथै सामसङका उत्पादनका अन्य लाइनअपमा पनि सर्कल टु सर्चको सेवा लिन सकिने भएको हो ।

सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका प्रमुख टिएम रोअले यी अपडेट्सहरूले ग्यालेक्सी ए सिरिज र ट्याव एस९ एफई सिरिजका लागि नयाँ सम्भावनाहरू खोल्ने बताए । साथै, यसले अधिक ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई सुदृढ पार्ने उनको भनाइ छ । सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x