Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेई इन्डस्ट्रीको नेपाल पार्टनर जनता केबुल

केई इन्डस्ट्रीको नेपाल पार्टनर जनता केबुल


काठमाडौं । भारतीय बहुराष्ट्रिय वायर एन्ड केबुल उत्पादक कम्पनी केई इन्डस्ट्री लिमिटेडले जनता केबुल ई प्रालिलाई नेपालको च्यानल पार्टनरको रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै काठमाडौंको हिल्टन होटलमा इलेक्ट्रिक इन्जिनियर, कन्ट्रयाक्टर, आर्टिटेक्चरहरूका बीचमा अन्तरक्रिया कार्यक्रम आयोजन गरी सो जानकारी दिएको हो ।

कार्यक्रममा केई इन्डस्ट्री भारतका निर्देशक अक्सित दिभिज गुप्ताले कम्पनीको बारेमा जानकारी गराएका थिए । साथै कम्पनीका कार्यकारी निर्देशक मनोज कक्करले कम्पनीको आगामी दिनको कार्ययोजना र उत्पादनको बारेमा जानकारी दिएका थिए । दुई सयभन्दा बढी इलेक्ट्रिकल क्षेत्रका विज्ञहरू उपस्थित सो कार्यक्रममा जनता केबुलका अध्यक्ष पवन कुमार अग्रवालले कम्पनीले सदैव गुणस्तरलाई आफ्नो मूलमन्त्र ठानेको बताए । सोही कारण कम्पनीको विगत चार दशकभन्दा बढीको गौरवमय इतिहास रहेको बताए ।

केई इन्डस्ट्रीका बजार व्यवस्थापक जश्वन्त सिंह रायले कम्पनीको स्थापना कालदेखि हालसम्मको आरोह आवरोह पार गर्दै कसरी भारतको दोस्रो ठूलो वायर एन्ड केबुल कम्पनी बन्यो भन्ने बारेमा जानकारी गराएका थिए । जनता केबुलका प्रवक्ता शुभम अग्रवालले यस च्यानल पार्टनरसिपले जनता केबुललाई नयाँ मार्ग प्रदान गरेको बताए । साथै, बजारमा अझै प्रतिस्पर्धी हुन ठूलो भूमिका खेल्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x