Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिचार्जरमा जुस किन्दा १० थान केएन९५ मास्क सित्तैमा

रिचार्जरमा जुस किन्दा १० थान केएन९५ मास्क सित्तैमा


काठमाडौं, असार १५
मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान केएन९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ । रिचाजर्रले यही असार १६ गते मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तीमा १० बोतल भिटामिन सीयुक्त डबल सी ब्रान्डको जुस अर्डर गर्नेहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने भएको हो । उक्त सेल अवधिमा जुस अर्डर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइण्ट भने रिडिम गर्नुपर्ने हुन्छ । रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गर्नासाथ एक हजार क्यास प्वाइण्ट पाइने रिचार्जरले जनाएको छ ।

साबिकका प्रोयोगकर्ताको हकमा खातामा सञ्चित रहेको क्यास प्वाइण्ट रिडिम गरेर जुस किन्दा मास्क निःशुल्क पाइने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाईडरले बताए । ‘अहिले बजारमा १० वटा मास्कको मूल्य नै एक हजार रुपैयाँभन्दा धेरै पर्छ । त्यहि भएर थाइल्याण्डमा उत्पादित उच्च गुणस्तरको इम्युनिटी बुस्टर जुस किन्दा मास्क सित्तैमा दिन लागेका हौं’, अलाइभ ग्लाइडरले भने । यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ ।

मोबाइल, ल्यापटप तथा इलेक्ट्रोनिक ग्याजेटेस्हरु भने अर्डर गरेको २४ घण्टाभित्र डेलिभरी हुनेछ । रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रको लागि कोभिड १९ का सुरक्षा उपकरणहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । जतिको रिचार्ज ग¥यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया