जिहोको एई४ इलेक्ट्रिक स्कुटर नेपालमा
काठमाडौं । इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी जिहोले एई४ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भूत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
नेपालका लागि जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरमार्फत कम्पनीले एई४ स्कुटर नेपालमा उपलब्ध गराएको हो । एई४ को ३.० किलोवाट मोटरले ६५ किमी÷प्रतिघण्टाको गति दिने जनाइएको छ । साथै, यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्छ । सुरक्षालाई प्राथमिकता दिँदै एई४ मा एबीएस र ईटीसीईएस राखिएको छ । यसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । साथै, यसमा भएको क्लजिङ वार्निङ सिस्टम र स्लोप होल्डले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्ने कम्पनीले जनाएको छ । स्कुटरको उन्नत एनएफसी कि लेस इन्ट्री प्रणाली, डिजिटल की, पासवर्ड र मेकानिकल कीजस्ता बहुविधि अनलकिङ तरिकाहरूले सुरक्षा र सहजता दुवै प्रदान गर्छ ।
कम्पनीका अनुसार एई४ को ७४ भी २७ एएच एटीएल लिथियम ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा एक सय ७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ र साथै टाइप सी र यूएसबी चार्जिङ पोर्टहरूले उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ भने अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।
नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रेजस्ता आधुनिक रङहरूमा एई४ उपलब्ध रहेको छ । साथै, यसको भी सेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिकरूप पनि दिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया