Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिएफमोटोको ‘४५०एमटी एड्भेन्चर टुरिङ’ नेपालमा

सिएफमोटोको ‘४५०एमटी एड्भेन्चर टुरिङ’ नेपालमा


काठमाडौं । सिएफमोटोले ४५० एमटी एड्भेन्चर टुरिङ मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । ऋषि ट्रेड सेन्टरद्वारा वितरण गरिने सो मोटरसाइकल नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार ४५० एमटीको अत्याधुनिक डिजाइन, शक्तिशाली पफर्मेन्स र उत्कृष्ट सुविधाले मोटरसाइकलले रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि नयाँ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, यसले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४ एनएमको टर्क ७६०० आरपीएममा दिन्छ । कम्पनीका अनुसार सहरमा क्रुज गर्दा होस् या कुनै उबड–खाबड भूभाग ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ । यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ । साथै, ४५० एमटी आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्षण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थितिलाई स्ट्यान्डआउट बनाउँछ ।

पूर्णरूपमा एलईडी लाइटले सुसज्जित, ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो, जसको तौल जम्मा एक सय ७५ केजी रहेको छ । साथै, बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ । कम्पनीले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्णरूपमा डिजिटल टीएफटी ६ इन्चको डिस्प्ले रहेको छ, यसमा बाइकको सबै जानकारी जस्तै स्पिड, फ्युल लेभल, ट्रिप इन्फो डिस्प्लेमा हुनेछन् । डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन् ।

कम्पनीले सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर ४५० एमटी निर्माण गरेको छ । बाइकमा डुअल च्यानल एवीएस रहेको छ, यसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ । साथै, यो स्विच अन र अफ पनि गर्न मिल्छ । सहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधाहरूमध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यु मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईवी सस्पेन्सन रहेको छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ । यस्तै, बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ ।

साथै यसको १७ दशमलव पाँच लिटरको ठूलो फ्युल ट्याङ्कीले रिफ्युलिङविना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२०एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोसकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x