पैचोले ल्यायो चाडपर्व उपहार योजना
काठमाडौं । पैचो पसल प्रालिले चाडपर्वको अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्ण अष्टमीबाट सुरु भएको कम्पनीको उपहार योजना तीज, दशै, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुनेछ ।
पैचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । यसअघि पनि विभिन्न अफर र उपहार दिँदै आएको पैचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो । नेपाली घर आँगनमा भित्रिँदै गरेका चाडपर्वलाई उत्सव र खुसीयाली बनाउने चाडपर्व अफर ल्याइएको पैचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए । पैचोले उपहार योजनामा प्रथम उपहार वासिन मेसिन एक जनालाई, द्वितीय उपहार फ्रिज दुई जनालाई, तृतीय उपहार टेलिभिजन तीन जनालाई र चौथो उपहार स्प्रे ट्याङ्की चार जनालाई दिने जनाएको छ । यस्तै, पाँचौं उपहार एक हजार रूपैयाँको कृषि बीउबिजन २० जनालाई, छैठौं उपहार पाँच सय रूपैयाँको पैचो कम्पनीका उत्पादन २० जनालाई दिने कम्पनीले जनाएको छ ।
उपहार कुपन पैचोको १२ वटा शाखा र १२ वटा आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुनेछ । उपहार कुपन प्राप्त गर्न पैचाका शाखा र आउटलेटबाट दुई हजार पाँच सय रूपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफूल खरिद गर्नुपर्नेछ । यस्तै, एक हजार रूपैयाँको तरकारी तथा फलफूल, एक हजार रूपैयाँको फेन्सी तथा गिफ्ट सामान, पाँच सय रूपैयाँको बीउविजन खरिद र प्रतिदिन प्रतिसंकलन ५० हजार रूपैयाँको संकलन गर्दा एक वटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उपहार योजना भदौ १० देखि पुस १० गतेसम्म लागू हुनेछ । पुरस्कारको घोषणा पैचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
- कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा मैनाली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया