१६औँ संस्करणको ‘नाडा अटो सो’ सुरु
काठमाडौं । १६औँ संस्करणको ‘नाडा अटो सो’ राजधानीमा सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उनले अटोमोबाइल क्षेत्रका व्यवसायीहरूका समस्या समाधान गर्ने बताए । अटोमोबाइल क्षेत्रले राजस्वमा ठूलो योगदान दिएको भन्दै उनले व्यवसायीहरूले उठाएका नीतिगत स्थिरताको माग पूरा गर्ने प्रतिबद्धता समेत जनाए । यस्तै पूर्वाधार निर्माणमा ध्यान पनि दिने उनले बताए । कार्यक्रममा नाडा अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रमा व्यवसायीलाई त्रासबाट मुक्त गर्नुपर्ने बताए । यस क्षेत्रमा एक खर्बमाथिको लगानी रहेकाले यसलाई डुब्न नदिन सरकारको सहयोगको अपेक्षा गरेको बताए ।
नाडा अटो सोमा दुई–पाङ्ग्रे, तीन–पाङ्ग्रे, चार–पाङ्ग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, अटो कम्पोनेन्टस एवं ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्टाइएर स्टलको व्यवस्था गरिएको छ । आयोजकका अनुसार यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रेका २४ ब्रान्ड, दुई पाङ्ग्रेका १९ ब्रान्ड र हलुका व्यावसायिक सवारीका १२ ब्रान्ड राखिएका छन् । लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टका ३३ कम्पनीका स्टल राखिएका छन् । सात वित्तीय संस्थाका स्टल छन् । यसरी ९५ प्रदर्शकका एक सय ३० स्टल अटो सोमा राखिएको आयोजकले जनाएको छ । छ दिन अवधिमा ७५ हजारभन्दा धेरैले अटो सो अवलोकन गर्ने अपेक्षा गरिएको छ । अटो सोको यो संस्करण भदौ १६ भदौसम्म चल्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया