Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजिकर गाडी पायोनियर मोटोकर्पले बिक्री गर्ने

जिकर गाडी पायोनियर मोटोकर्पले बिक्री गर्ने


काठमाडौं । चीनको अटोमोबाइल निर्माता गिली ग्रुपअन्तर्गतको प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकरले नेपालमा जिकरका गाडी वितरणका लागि पायोनियर मोटोकर्प प्रालिलाई नियुक्त गरेको छ ।

जिकरलाई नेपालमा बिक्री वितरण गर्ने सम्बन्धमा हालै चीनको हाङजोउमा औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए । नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए । दुई कम्पनिबीच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रबद्र्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो ।

यस सहकार्यसँगै नेपाली ईभी पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्नेछन् । साथै, पायोनियर मोटोकर्पले नाडा अटो सोको क्रममा जिकरको पहिलो मोडल औपचारिकरूपमा नेपालमा ल्याएको उल्लेख गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x