एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक
काठमाडौं । टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो सोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरूद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटीएफआई बिएससिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्दछ । यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्टअन्तर्गत कलर आईडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन् । साथै, ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइटजस्ता सुविधाहरू पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य मात्र दुई लाख ७९ हजार नौ सय रुपैयाँ रहेको छ । अन्य ब्रान्डका एक सय १० सीसीको मूल्य जति नै मूल्य रहेको एनटर्क एक सय २५ सीसीको यो भेरियन्ट यति धेरै फिचरका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धि भएको कम्पनीले जनाएको छ ।
टीभीएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस्को एक घण्टाभित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्रान्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ । यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरूको लागि पहिलो चोइस हुने कम्पनीको विश्वास छ । एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको फिचरहरूले राइडरहरूलाई विशेष अनुभव प्रदान गर्नेछ ।
नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरहरूलाई स्वाभाविकरूपमा आकर्षित गर्नेछ । नेपालभरका सबै आधिकारिक टीभीएस डिलरहरूमा तथा नाडा अटो सोमा पनि एनटर्क डिस्क बिएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पर्वत अस्पतालमा डेङ्गी सङक्रमण बढ्दा शय्या अभाव
- ‘सबैका घरघरमा एक वर्ष भित्र विद्युत् पुर्याइने’
- एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने
- जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने
- राजनीतिमा शुद्धीकरण गर्नु अत्यन्त जरुरी छ: मन्त्री गुरुङ
- एमाले सचिवालय बैठक ३ बजे देखि सुरू
- भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन
- ईसीबीले ब्याजदरमा कटौती गर्ने सङ्केत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया