Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ


काठमाडौं  । यस वर्षको नाडा अटो सो २०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । १५० भन्दा बढी संख्यामा भएको मोटरसाइकल बुकिङले ट्राइम्फकोे नेपाली बजारमा रहेको आफ्नो उपस्थितिलाई झल्काएको कम्पनीले जनाएको छ ।

नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गरिरहेको छ । कम्पनीको ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकलाई ट्राइम्फका मोटरसाइकलमा पहुँच सुनिश्चित गरेको छ । ट्राइम्फ ब्रान्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्स लागि परिचित छ । यस वर्षको नाडा अटो सोमा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पिड ४०० सार्वजनिक गरिएको छ । मोटरसाइकलप्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले ग्राहकको आवश्यकताहरू पूरा गर्ने तथा उच्चस्तरका मोटरसाइकल प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको छ ।

गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले यस उपलब्धिले निकै गर्वित बनाएको उनले बताए । नाडा अटो सोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्डप्रतिको विश्वासलाई झल्काएको उनको दाबी छ । ट्राइम्फको मोटरसाइकलको आक्रमक बुकिङले बाइकिङ समुदायको ध्यान खिच्न सफल भएको छ । नेपालमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउन तथा आफ्ना ग्राहकका लागि असाधारण सवारी अनुभव प्रदान गर्न कम्पनी समर्पित रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x