नेपाली युवा उद्यमी मञ्चले उद्यमशीलताको मानसिकतालाई बढावा दिने
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले उद्यमशीलताको मानसिकतालाई बढावा दिने भएको छ । मञ्चले हालै सम्पन्न गरेको सातौँ राष्ट्रिय नेतृत्व सम्मेलनले सम्मेलनले युवाहरूमा सीपको विकास गर्ने, उद्यमशीलताको मानसिकतालाई बढावा दिने, मञ्चलाई अझ ठूलो उचाइमा पुर्याउनेलगायतका कार्यक्रम घोषणा गरेको हो ।
रुपन्देहीमा आयोजित मञ्चको दुई दिने सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा सांसदद्वय वासुदेव घिमिरे र तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खाँण, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । मञ्च रुपन्देही शाखाका अध्यक्ष ऋषभ ओझाको अध्यक्षता भएको कार्यक्रममा मञ्चका राष्ट्रिय अध्यक्ष कुशलसुन्दर श्रेष्ठले कार्यक्रमको उद्देश्य प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरा च्याप्टरलाई सबैभन्दा बढी सहभागी भएको र काठमाडौं च्याप्टरका सन्दीप शर्मालाई पहिलो दर्ता गर्ने व्यक्तिको रूपमा सम्मान गरिएको थियो । कार्यक्रममा देशभरका १४ वटा शाखाका एक सय २० मञ्च कार्यकारी समिति सदस्यहरूले भाग लिएका थिए । राष्ट्रिय गभर्निङ काउन्सिलले सम्पूर्ण कार्यक्रमलाई आयोजना गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया