फेसियल हाउसको तीज कार्यक्रम
काठमाडौं । ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन सो’को ताज सुजिना श्रेष्ठले जितेकी छन् । हरितालिका तीजको अवसरमा फेसियल हाउसले शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित बगानभिल्लामा आयोजना गरेको ‘सेलिब्रेसन अफ कल्चर्स एन्ड तीज दर’ कार्यक्रममा भएको प्रतिस्पर्धामा उनले सो ताज जितेकी हुन् ।
प्रतिस्पर्धामा दोस्रो निलु तामाङ र तेस्रो अर्चना कुमारी यादव भइन् । २२ जना सहभागी रहेको प्रतिस्पर्धाको कोरियोग्राफी आरुषा महर्जनले गरेकी थिइन् । सो प्रतियोगिताका निर्णायकहरूमा अधिवक्ता आकृति रायमाझी, आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अध्यक्ष फुपू तेन्जिङ शेर्पा, वरिष्ठ ब्युटीसियन सशी शाह, पत्रकार उषा लोहनी र गंगा लामा थिए । ‘फेसियल हाउस’ले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा यो वर्षको तीज उत्सव मनाएको थियो । फेसियल हाउसले नेपाली कला, संस्कृति र शैलीलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्न हरेक नेपाली पर्वहरूलाई विशेषरूपमा मनाउने गरेको छ । यस वर्षको तीज पर्वलाई विगतको भन्दा अझ फरक तरिकाले मनाइएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र नेकपा एमालेकी नेत्री एवम् पूर्व सांसद शान्ता चौधरी, डा राज्यश्री श्रेष्ठ, नेपाल ब्युटीसियन संघकी पूर्वअध्यक्ष भगवती खड्का, अरुणा रायमाझी, लिला जीसीलगायत उपस्थित थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
- कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा मैनाली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया