Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमिस युनिभर्स नेपाल २०२४ को ताज सार्वजनिक

मिस युनिभर्स नेपाल २०२४ को ताज सार्वजनिक


काठमाडौं । विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको नेपाली संस्करण मिस युनिभर्स नेपालको यो वर्षको ताज सार्वजनिक गरिएको छ । ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको उक्त ताज मिस युनिभर्स २०२३ सेनिस पलासियोसले सार्वजनिक गरेकी हुन् ।

२४५ ग्राम ह्वाइट गोल्ड र बहुमूल्य हिरा प्रयोग गरेर बनाइएको क्राउन शनिबार साँझ एक समारोहका बीच सार्वजनिक गरिएको हो । क्राउनको मूल्य अहिले बजार मूल्यअनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् । ताजको डिजाइन अस्मी ज्वेलर्स ग्लोबलले गरेको हो । क्राउन सार्वजनिक गर्दै मिस युनिभर्स सेनिसले भनिन्, ‘यो ताज केवल ताज मात्र नभएर कडा परिश्रमको प्रतिफल हो र विश्व स्टेजमा नेपालको प्रतिनिधित्व गर्ने सपना र जिम्मेवारी पनि हो ।’ ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको यस ताजको डिजाइन रातको आकाशमा देखिने तारामण्डलको सौन्दर्यबाट प्रेरित छ ।

प्रिमियम ह्वाइट गोल्डबाट बनाइएको यो ताजमा बहुमूल्य हिरा र ताराहरूको चमक झल्काउने अन्य रत्नहरूले सजिएको छ । डिजाइनमा मार्गदर्शन र प्रतिभाको प्रतीकको रूपमा तारा मण्डलहरू राखिएको डिजाइनर अस्मी ज्वेलर्स ग्लोबलले जनाएको छ । यी तारामण्डलले विजेतालाई तारामन्डलजस्तै उज्ज्वल, प्रेरणादायक, र कालातीत हुन प्रेरणा प्रदान गर्ने मात्र नभई मिस युनिभर्सको साइनिङ स्पिरिटलाई पनि प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ । मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले भदौ २२ गते शनिबार हायात होटलमा हुँदैछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x