आर्थिक विकासका लागि स्थायित्व आवश्यक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको बताएको छ । महासंघको प्रतिनिधिमण्डलले नेपाल सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँगको भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराएको हो ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए । महासंघको आग्रहमा नया चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक रहेको उनको भनाई छ । यसैगरि निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष उनले आग्रह गरे । सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको उनको भनाइ थियो ।
यसैगरी निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुनहरु बनेकोतर्फ अध्यक्ष ढकालले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरे । भेटमा मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो–छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने बताए । महासंघ कार्यसमितिले सोमबार मुख्यसचिव अर्यालसँग भेट गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया