Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्टरनेट गभर्नेन्स र आइक्यान नीति केन्द्रित कार्यक्रम सञ्चालन

इन्टरनेट गभर्नेन्स र आइक्यान नीति केन्द्रित कार्यक्रम सञ्चालन


काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले युवाहरूका लागि इन्टरनेट गभर्नेन्स र आइक्यान नीति केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ । महासंघले हालै एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा इन्टरनेट गभर्नेन्स, आइक्यान नीति तथा बहु–साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरू तथा युवा पेसेवरहरूलाई बृहत् जानकारी प्रदान गरिएको थियो । आइक्यान र कोरिया इन्टरनेट एन्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा पहिलोपटक यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेससम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू, मक आईक्यान कन्फ्रेन्सजस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।

क्यान महासंघका अध्यक्ष रणाजीत कुमार पोदारले एपिगाजस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई महत्वपूर्ण प्रशिक्षण प्राप्त हुने बताए । कार्यक्रमका किनोट स्पिकर ई–गभर्नेन्स कमिसनका सीईओ एवं सदस्य–सचिव ई दीपेश विष्टले डिजिटलाइजेसन प्रक्रियासँग सरकारको प्रक्रियाको समन्वयको आवश्यकता र एकल डाटा आदान–प्रदान प्लेटफर्मको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । त्यसैगरी अनलाइन माध्यमबाट सहभागी युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सबै सरोकारवालाको भूमिकालाई पनि जोड दिएका थिए ।

दुई दिने सो कार्यक्रममा सहभागीलाई आईक्यान नीतिनिर्माण प्रक्रियाका लागि मोडेल केस प्रदान गरिएको थियो । एपिगा नेपाल २०२४ का सहभागीले स्थानीय, क्षेत्रीय तथा विश्वव्यापी संगठनका विशेषज्ञ वक्तासँग इन्टरनेट गभर्नेन्स र आईक्यान नीतिसम्बन्धी विविध विषयमा अन्तरक्रियात्मक सिकाइको अवसर पाएका थिए । त्यस्तै, कार्यक्रममार्फत इन्टरनेट गभर्नेन्स समुदायमा क्रियाशील व्यक्तित्वहरूसँग नजिकिने अवसर प्राप्त गरेका थिए । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालमा इन्टरनेट गभर्नेन्सको भविष्य निर्माण गर्नका लागि बलियो आधार राखेको बताए । उनले नीति निर्माता, प्रयोगकर्ता, नियामक, टेलिकम अपरेटर, आईएसपीहरू र अन्य मुख्य सरोकारवालाहरूबाट महत्वपूर्ण अन्तदृष्टि प्राप्त गरेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x