सामसङले ग्यालेक्सी ए०६ नेपालमा ल्याउने
काठमाडौं । सामसङले आफ्नो लोकप्रिय ए शृङ्खलाको ग्यालेक्सी ए०६ नेपाली बजारमा उपलब्ध गराउने भएको छ । नयाँ प्रभावशाली सुविधाहरू र किफायती मूल्यका साथ निर्धारण गरिएको ग्यालेक्सी ए०६ले सामसङको ए शृङ्खलालाई अझै लोकप्रिय बनाउने कम्पनीको दाबी छ ।
सामसङको एन्ट्री–लेभल लाइनअपमा पछिल्लो एडिसनको रूपमा ए०६ले नेपाली प्रयोगकर्ताहरूका लागि बेस्ट अनुभूति दिने बाचा गरेको छ । ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ । साथै, डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर छ, यसले स्पष्ट र डिटेल भएको फोटोहरू खिच्ने सुनिश्चित छ । उत्कृष्ट सेल्फीहरूको लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ । यस फोनमा ६.७ इन्चको एचडी प्लस पिएलएस एलसीडी स्क्रिन छ । साथै, यसले माइक्रो एसडीमार्फत एक टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ए०६ मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित छ । यसले गेमिङ, कन्टेन्ट हेर्ने र सेयरिङको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । पाँच हजार एमएएच ब्याट्री र २५ बाट तीव्र चार्जिङको साथ यो फोनले लामो समयसम्म पावर प्रदान गर्ने बताइएको छ । ए०६ मा अब सामसङको नक्स भल्ट अर्थात् ईएएलएस प्लस प्रमाणित विशेषता छ, जुन अघिल्लो मोडलहरूको दाँजोमा मुख्य अपग्रेड हो । नक्स भल्टले हार्डवेयर अट्याकहरू विरुद्ध बलियो सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताको संवेदनशील डेटाको अलग ट्याम्पर–प्रतिरोधी हार्डवेयरमा सम्पूर्ण सुरक्षाको नक्स भल्टले जिम्मा लिनेछ । नयाँ साइड फिंगरप्रिन्ट सेन्सर, नवीनतम ओएस र सुरक्षा अपडेट्सहरूले यो डिभाइस नयाँ र सुरक्षित रहने बताइएको छ ।
यो फोन कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध हुनेछ । यसको मूल्य नेपाली बजारमा ४÷६४ जीबी भेरियन्टको १५ हजार चार सय ९९ रूपैयाँ, ४÷१२८ जीबी भेरियन्टको १७ हजार चार सय ९९ रूपैयाँ र ६÷१२८ जीबी भेरियन्टको १९ हजार चार सय ९९ रूपैयाँ निर्धारण गरिएको छ । यो फोन भदौ २३ गतेदेखि नेपालभरका स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उपभोक्ताहरूले इन्स्टा फाइनान्स सेवाका साथमा पनि यो फोन सजिलैसँग प्राप्त गर्न सक्नेछन् । इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुनेछन् । यो सेवामा शून्य प्रतिशत व्याजदरका साथ झन्झट मुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रिया समावेश छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया